Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

वडा कार्यालय सबैको साझा प्रयासबाट बनेको हो : अध्यक्ष ढकाल


ग्लोबल पाना
मंगलबार, फागुन २० २०८१
  • 531
    SHARES

  • images
    वडा कार्यालय सबैको साझा प्रयासबाट बनेको हो : अध्यक्ष ढकाल

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २९ का अध्यक्ष कुश ढकालले सबैको साझा प्रयासबाट वडाको नयाँ प्रशासनिक भवन निर्माण सम्भव भएको बताउनु भयाे । गत माघ २५ गते उद्घाटन गरिएको नयाँ भवन अनामनगरमा अवस्थित छ ।

    images
    images
    images

    यसअघि वडा कार्यालय वडा नं. ३० मा पर्ने डिल्लीबजार पीपलबोट नजिक सञ्चालन हुँदै आएको थियो । वडाध्यक्ष ढकालका अनुसार नयाँ भवनमा सेवाग्राहीका लागि सबै प्रकारका सुविधाहरू उपलब्ध गराइएको छ । उद्घाटन समारोहमा अतिथि तथा वक्ताहरूले ढकालको पहलमा वडा भवन निर्माण भएको उल्लेख गरेपछि उहाँले आफू अध्यक्षका रूपमा विशेष पहल गरेको स्वीकृति जनाउनु भयाे ।

    तर, उहाँले भवन निर्माण सबैको सहयोगकै कारण सम्भव भएको स्पष्ट पारे। ‘म अध्यक्ष भएकाले मैले बढी प्रयास गरेको ठिकै हो । तर, सबैको सहयोगबिना मेरो प्रयास मात्र पर्याप्त हुने थिएन । त्यसैले यो भवन सबैको साझा प्रयासबाट बनेको हो,’ ढकालले भन्नुुभयाे ।

    उहाँले २०७४ सालमा पहिलोपटक वडाध्यक्ष निर्वाचित भएदेखि नै सुविधासम्पन्न भवन आवश्यक रहेको महसुस गरेको बताउनु भयाे । वडा सचिव शम्भु बरालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले नयाँ भवनमा पर्याप्त सुविधा रहेकाले सेवा लिने र दिने प्रक्रियामा सहजता आउने विश्वास व्यक्त गर्नु भयाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ