Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

'यदु स्मृति पत्रकारिता पुरस्कार' दिलभूषण पाठकलाई प्रदान


ग्लोबल पाना
बुधबार, फागुन २१ २०८१
  • 300
    SHARES

  • images
    'यदु स्मृति पत्रकारिता पुरस्कार' दिलभूषण पाठकलाई प्रदान

    काठमाडौं । यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ प्रसिद्ध पत्रकार दिलभूषण पाठकलाई प्रदान गरिएको छ। २६औं यदु स्मृति दिवसका अवसरमा बुधबार पत्रकार पाठकलाई उक्त सम्मान प्रदान गरिएको हो। यदु स्मृति प्रतिष्ठानले मानवअधिकार, शान्ति स्थापना, र द्वन्द्व समाधानका पक्षमा कलम चलाउने पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।

    images
    images
    images

    पुरस्कार ग्रहण गर्दै पत्रकार पाठकले सत्यतथ्य सम्प्रेषणमा यसले थप हौसला प्रदान गर्ने बताए। २०५६ फागुन २१ गते तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव यदु गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा हत्या गरिएको थियो। उनको स्मृतिमा हरेक वर्ष एक जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ।

    यदु स्मृति प्रतिष्ठानकी अध्यक्ष सुजाता गौतमले द्वन्द्वले कसैलाई केही नदिएको उल्लेख गर्दै यसको उचित मूल्यांकन गर्नुपर्ने बताइन्। उनले प्रश्न गरिन् –

    “नेपालमा भएको हिंसाले कसलाई के दियो?

    १७ हजार मानिस मारिएर माओवादीहरूले के पाए?

    तिनका परिवारहरूले के पाए?”

    यो वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्न दुईवटा मापदण्ड अपनाइएको थियो – १. राष्ट्रिय स्तरका पत्रकार 2. राप्ती भूगोलमा रहेर पत्रकारिता गर्नेहरू पुरस्कार सिफारिस समितिका संयोजक तथा सांसद सूर्यबहादुर थापाले पत्रकार पाठकको सशस्त्र द्वन्द्व सम्बन्धी फिल्ड रिपोर्टिङमा विशेष योगदान रहेको बताए। “पाठकले सबैभन्दा बढी फिल्ड रिपोर्टिङ गरेका छन्, जसले पुरस्कारको सम्मान र स्तर बढाइरहेको छ।” उनले थपे।

    यस वर्ष पुरस्कारको राशी रु. २३,००० रहेको छ, जुन हरेक वर्ष बढ्दै जाने बताइएको छ। यो सम्मानले पत्रकारिताको मूल्य र महत्वलाई पुनः उजागर गरेको छ। द्वन्द्व, मानवअधिकार, र शान्ति स्थापनाको क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मान गर्दै प्रतिष्ठानले पत्रकारिताको दायित्व अझ सशक्त बनाउने प्रयास गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ