Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी


ग्लोबल पाना
बिहीबार , फागुन २२ २०८१
  • 317
    SHARES

  • images
    सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी

    मध्यविन्दु (नवलपरासी)। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारका असल कामबाट आत्तिएर केही समूहले भ्रमको खेती गरेको आरोप लगाए।

    images
    images
    images

    ‘केही समूहले प्रमुख दुई दल मिलेर बनेको सरकारले सबै कुरा बिगारेको जस्तो गरी गलत प्रचार गरेका छन्‌’, उनले भने। मन्त्री अधिकारीले वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित गठबन्धन गरेकाले २०८४ सालसम्ममा आर्थिक समृद्धिको आधार तय हुने बताए। अहिले देखिएको आर्थिक मन्दी अन्त्यका लागि कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिनेगरी योजना बनेको उनले बताए।

    ‘हामी २०८४ सालसम्ममा समृद्धिको ढोका खोल्ने सङ्कल्पसहित सरकारमा आएका हौँ’, मन्त्री अधिकारीले भने, ‘गाउँगाउँमा समृद्धि कसरी गर्न सकिन्छ, कृषिबाट के गर्न सकिन्छ भन्नेबारे सरकार चिन्तनशील छ, पक्कै सबैले अनुभूति हुनेगरी प्रगति हुनेछ।’

    कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए। कृषकले केही आम्दानी हुने आसमा गरेको खेती बाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको भनाइ थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ