काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नेपालकै प्रभावशाली महिलाहरूको सूचीमा स्थान बनाउन सफल भएकी छन् । विभिन्न सामाजिक, विकास र राजनीतिक योगदानका आधारमा गरिएको मूल्यांकनमा उनी देशकै सफल नगरप्रमुखका रूपमा उभिन सफल भएकी हुन् ।
साढे ७ वर्षको कार्यकालमा उनले भरतपुरलाई समृद्ध महानगरका रूपमा स्थापित गर्न विभिन्न महत्वपूर्ण कामहरू गरिन् । नगरको पूर्वाधार विकास, सफाइ अभियान, स्मार्ट सिटी परिकल्पना, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार र नागरिक मैत्री प्रशासनिक सुधारमा उनको नेतृत्व प्रशंसनीय रह्यो । उनको यो उपलब्धिलाई ऐतिहासिक रूपमा हेरिएको छ ।
नेपालकै प्रभावशाली महिला नेतृहरूमध्ये एकको रूपमा छनोट भएपछि उनले प्रतिक्रिया दिँदै भनिन्, “यो केवल मेरो मात्र होइन, भरतपुर महानगरवासी र सिंगो राष्ट्रकै गर्वको क्षण हो । नागरिकको विश्वास र सहकार्यले नै यो सम्भव भएको छ ।“ भरतपुर महानगरलाई व्यवस्थित रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्दै आएकी दाहालको नेतृत्वलाई स्थानीय तथा राष्ट्रिय तहमा सकारात्मक रूपमा हेरिएको छ ।
महिला नेतृत्वको सफल उदाहरण प्रस्तुत गर्न सफल भएकी दाहाललाई राजनीतिक वृत्तदेखि सर्वसाधारण सम्मले बधाइ ज्ञापन गरिरहेका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


