Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न


ग्लोबल पाना
शनिबार, फागुन २४ २०८१
  • 457
    SHARES

  • images
    ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न

    कास्की । गण्डकी प्रदेशकै एक मात्र आई.बी. प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा १७, कास्कीले शनिबार ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारीले कार्यक्रमको उदघाटन गर्दै  विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षको अवलोकन गरेका थिए ।

    images
    images
    images

    गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै सहसचिव भण्डारीले विद्यालयको थप प्रगतिको कामना गरे । यस्तै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख उपसचिव लाकनाथ आचार्यले शिक्षाको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गरे ।

    कार्यक्रममा विद्यालयका गतिविधि, यसले अवलम्बन गरेको शिक्षण पद्धति र अन्य विविध पक्षका बारेमा अभिभावक तथा सरोकारवालाहरूले जानकारी लिएका थिए । कार्यक्रममा विद्यार्थी तथा विभिन्न लोकप्रिय ब्यान्डहरूले साङगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रम स्थलमा फुड स्टल, पुस्तक प्रदर्शनी, STEM प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि सञ्चालन गरिएको थियो ।

    विद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटले विद्यालयले विविध क्षेत्रमा सकारात्मक फडको मारिरहेको बताए । उनले भने, ‘‘गुणस्तरीय शिक्षा लिनकै लागि पोखरा छोडनुपर्ने अवस्थालाई अन्त्य गर्न फिस्टेल एकेडेमीको स्थापना भएको हो र सोही लक्ष्यलाई पूरा गर्न विद्यालय लागेको छ ।’’ 

    विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरूले प्यानल डिस्कससमेत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय रिजा श्रेष्ठ र साइरिन गुरुङले गरेका थिए । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ