Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महाधिवेशन एक ऐतिहासिक अवसर हो : पूर्व अध्यक्ष रबिना थापा


ग्लोबल पाना
शनिबार, फागुन २४ २०८१
  • 532
    SHARES

  • images
    महाधिवेशन एक ऐतिहासिक अवसर हो  : पूर्व अध्यक्ष रबिना थापा

    काठमाडौं, फाल्गुण २४ । नेपाल सरकार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्ने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रविना थापाले गैरआवासीय नेपालीहरूले नेपाल सरकारसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रीसहित एनआरएनएका पूर्व अध्यक्षसहित अग्रज अभियन्ताहरुको छलफलका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

    images
    images
    images

    "नेपालको कानूनलाई सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि हाम्रो योगदान जारी राख्नुपर्छ” उहाँले भन्नुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २० वर्षको स्वर्णिम इतिहासलाई निरन्तरता दिने तथा संघका कार्यविधिहरूलाई परिमार्जन गर्ने उद्देश्यले आगामी ३ र ४ मे २०२५ मा गर्न लागिएको एकीकृत महाधिवेशनका लागि सबै पञ्जीकृत सदस्यलाई महाधिवेशनमा सहभागी हुन समेत पूर्व अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

    महाधिवेशनलाई सफल बनाउन संघका सबै सदस्यहरूले नेपाल पुगेर स्वतः मतदाता बन्ने अवसरको सदुपयोग गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो। साथै, निःशुल्क सदस्यताको सुविधा लिँदै संघको गतिविधिमा सक्रिय सहभागिता जनाउन पनि उहाँले आग्रह गर्नुभयो। महाधिवेशनमार्फत संघको कार्यविधिहरूलाई अद्यावधिक गर्दै गैरआवासीय नेपालीहरूका अधिकार तथा कर्तव्यलाई थप सुदृढ बनाउने योजना रहेको उहाँले बताउनुभयो। साथै, संघलाई अझ प्रभावकारी बनाउन आवश्यक संशोधन र सुधारहरू गरिने उहाँको भनाइ थियो ।

    संघका गतिविधिहरूलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यस अवसरमा गैरआवासीय नेपाली समुदायको एकता, अधिकार सुरक्षण, तथा नेपाल सरकारसँगको सहकार्यलाई थप सशक्त बनाउने विषयमा गहन छलफल गरिनेछ । महाधिवेशनका क्रममा विभिन्न विषयगत समूहहरूको प्रस्तुति, नीतिगत संशोधन, तथा संघको भावी योजनासम्बन्धी महत्वपूर्ण निर्णयहरू लिइने छन् ।

    महाधिवेशनको सफलता गैरआवासीय नेपाली समुदायको संलग्नता र सहभागितामा निर्भर गर्ने भएकाले सबै सदस्यहरूलाई सक्दो संलग्न हुन आग्रह गरिएको छ। संघका पूर्व अध्यक्ष थापाले गैरआवासीय नेपाली संघलाई अझ संगठित, समावेशी, र प्रभावकारी बनाउन महाधिवेशन एक ऐतिहासिक अवसर हुने बताउँदै संघको भविष्य निर्माणका लागि सबै सदस्यहरूलाई पूर्ण रूपमा सक्रिय रहन अनुरोध गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ