Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सञ्चारिका समूह नेपाल मकवानपुरलाई सेनेटरी प्याड हस्तान्तरण


ग्लोबल पाना
शनिबार, फागुन २४ २०८१
  • 205
    SHARES

  • images
    सञ्चारिका समूह नेपाल मकवानपुरलाई सेनेटरी प्याड हस्तान्तरण

    हेटौंडा । शनिवार सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सोही अवसरमा औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड वितरण गरिएको छ । सबै महिला र बालिकाको लागि अधिकार समानता र सशक्तीकरण भन्ने उद्देश्यले नारीदिवस मनाइएको हो ।

    images
    images
    images

    सञ्चारिका समूह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङकोअध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख लामाले परम्परादेखि चलिआएको रितिरिवाजका कारण महिलामाथि विभेद भइरहेको बताए । जसलाई सहज रुपमा लिएर अगाडि बढ्न आग्रह गरे । उनले सञ्चारिका समूह नेपाल मकवानपुरमा कोष खडा गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्वता जनाए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजालले आफूले पत्रकारिता क्षेत्रमा गरेका संघर्ष र अनुभव प्रस्तुत गरिन् । नेपाल पत्रकारमहासंघ मकवानपुरकी पूर्व उपाध्यक्ष सम्झना कार्कीले समाजिक रुपान्तरणमा महिलापत्रकारको भूमिका र चुनौति प्रस्तुत गरिन् । यस्तै सञ्चारिका समूह नेपाल बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले समाजिक रुपान्तरणमा महिला पत्रकारको अवसर प्रस्तुत गरिन् ।

    यसैगरी सञ्चारिका समूह नेपाल मकवानपुरकी उपाध्यक्ष जमुना थिङले नेपाल पत्रकार महासंघ मकवानपुरमा सदस्यता प्राप्त गर्ने महिला २८ जना रहेको जानकारी दिदै महिला पत्रकारले ७ वटा सञ्चार माध्यम आफैंले संचालन गर्न सफल भएको बताइन् । उनले महिला पत्रकारको सशक्तिकरण, समानअवसर र समुचित संरक्षणका लागि सबैको सहकार्यमा जोड दिइन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्मा, प्रेसयुनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजनघिमिरे(अनुराग) लगायतको आतिथ्यता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ