Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अन्तराष्ट्रिय नारी समाज गठन : अध्यक्षमा गौतम महासचिवमा अर्याल


ग्लोबल पाना
आइतबार, फागुन २५ २०८१
  • 473
    SHARES

  • images
    अन्तराष्ट्रिय नारी समाज गठन : अध्यक्षमा गौतम महासचिवमा अर्याल

    पोर्चुगल । ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका दिदीबहिनीहरुले अन्तरास्ट्रिय नारी समाज गठन गरेका छन् । शनिबार भर्चुअल मार्फत एक कार्यक्रमको आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो । शनिबार सम्पन्न कार्यक्रमबाट अन्तरास्ट्रीय नारी समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल (कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) बाट रहेका छन् भने विभिन्न देशहरुबाट संयोजक तोकी प्रतिनिधित्व गरिएको छ ।

    images
    images
    images

    जसमा अमेरिका, क्यानडा, नर्वे, डेनमार्क, स्पेन, जापान, आयरल्याण्ड, जर्मन, युके, बेल्जियम, मकाउ, कतार, नेपाल, नेदरल्याणड, माल्टा, फ्रान्स, अष्ट्रिया, दुबई, स्विजरल्याण्ड, पोर्तुगत, स्विडेनमा एक एक जना संयोजक रहने गरी प्रतिनिधि तोकिएको समाजकी अध्यक्ष पुनम गौतमले जानकारी दिनुभयो ।

    समाजलाई दिर्घकालिन रुपमा अगाडी लैजानको लागि अध्यक्ष, महासचिब र कोषाध्यक्ष चयन गरेर अगाडी बढेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । समाजले देश विदेशमा रहेका नेपाली दिदिबहिनिको हक, हित, अधिकार प्राप्त गराउन सहयोग गर्दै दिदिबहिनीहरुलाई एकिकृत गर्ने सशक्तिकरण गर्दै अन्याय, पिडामा परेकाहरुलाई उचित कानुनी परामर्श लगायत नारीहरुमा परेको समस्याको समाधान गर्ने उद्देश्यले नारी समाज गठन गरिएको अध्यक्ष गौतमले बताइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ