Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पारिवारिक जमघटको उत्कृष्ट गन्तव्य : नेपाल हाउस


ग्लोबल पाना
आइतबार, फागुन २५ २०८१
  • 431
    SHARES

  • images
    पारिवारिक जमघटको उत्कृष्ट गन्तव्य : नेपाल हाउस

    काठमाडौं । हात्तीसार पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको उत्कृष्ट गन्तव्यमध्ये एक हो नेपाल हाउस। शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ।

    images
    images
    images

    नेपाल हाउसमा सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन। पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि नेपाल हाउस पहिलो रोजाइ बन्दै आएको छ। सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ।

    नेपाल हाउसको सुरम्य वातावरण, स्वादिष्ट परिकार, र भरपर्दो व्यवस्थापन यसका प्रमुख विशेषताहरू हुन। सेलिब्रेटीहरूदेखि उच्च पदस्थ अधिकारीहरू, विदेशी पाहुना, तथा पर्यटकहरू पनि नेपाल हाउसको वातावरण, आतिथ्यता, र खानाको स्वादमा मुग्ध हुने गरेका छन। व्यापक सेवा र सुविधा नेपाल हाउसले एकैसाथ १०० देखि २०० जनासम्मको सेवा दिनसक्ने छुट्टाछुट्टै सेमिनार हल उपलब्ध गराएको छ।

    आधुनिक सुविधासहितको यी हलहरू बैठक, गोष्ठी, प्रेस सम्मेलन, पार्टी, एल्बम विमोचन, चलचित्र शुभ मुहूर्त, बिबाह, बर्थडे, गुन्यु चोली, तथा अन्य शुभकार्य आयोजना गर्न उपयुक्त छन। यस रेस्टुरेन्टमा मल्टिकुजिन रेस्टुरेन्ट, बार, कफी शप, तथा बेकरी पनि रहेको छ, जसले ग्राहकहरूलाई विविध स्वादको अनुभव प्रदान गर्छ। खानाको पारखीहरूका लागि नेपाल हाउस विशेष आकर्षणको केन्द्र हो, जहाँ नेपाली, भारतीय, चिनियाँ, तथा अन्तर्राष्ट्रिय परिकारहरू उच्च गुणस्तरमा उपलब्ध छन।

    मनोरञ्जन तथा सांगीतिक प्रस्तुति नेपाल हाउसले आफ्नो पाहुनाहरूलाई उत्कृष्ट लाइभ ब्याण्ड तथा डीजे को प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्छ। विशेष अवसरहरूमा सांस्कृतिक कार्यक्रम तथा पारिवारिक मनोरञ्जन कार्यक्रमहरू पनि आयोजना गरिन्छ, जसले पाहुनाहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्छ। नेपाली मौलिकता र आतिथ्यता नेपाल हाउसले नेपाली कला, संस्कृति, र मौलिक पहिचानलाई प्रवर्द्धन गर्दै पारिवारिक एवं सामाजिक एकता बलियो बनाउन विशेष कार्यक्रमहरू आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ। नेपाली सांस्कृतिक पर्वहरू, चाडपर्व विशेष कार्यक्रमहरू, तथा विभिन्न परम्परागत उत्सवहरू यहाँ विशेष ढंगले मनाइन्छन।

    सुविधाजनक पार्किङ र व्यवस्थापन नेपाल हाउसमा पर्याप्त पार्किङ सुविधा उपलब्ध छ, जसले पाहुनाहरूलाई कुनै असुविधा हुन दिदैन। बजार निर्देशक सन्तोष गौतम का अनुसार, नेपाल हाउसले विहानको ब्रेकफास्टदेखि रातको डिनरसम्म गुणस्तरीय सेवा प्रदान गर्न उच्च व्यवस्थापन स्तर अपनाएको छ। नेपाल हाउस व्यक्तिगत तथा व्यावसायिक कार्यक्रमहरूको लागि पूर्ण पारिवारिक वातावरणमा उच्चतम सेवा दिन प्रतिबद्ध रहेको छ।

    स्वादिष्ट भोजन, मनोरञ्जन, तथा उत्कृष्ट आतिथ्य सेवाको संगम खोज्ने जो कोहीका लागि नेपाल हाउस एक उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ