बर्दघाट, नवलपरासी । बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ७५ प्रतिशत अनुदानमा व्यावसायिक कृषि फार्म संचालनका लागि इच्छुक व्यक्तिहरूसँग प्रस्ताव आह्वान गरेको छ। नगरपालिकाको कृषि विकास शाखाले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्ने जानकारी गराएको छ।
प्रस्ताव पेश गर्दा फारम दर्ता प्रमाणपत्र, माग सिफारिस निवेदन, वडाको सिफारिस पत्र, नागरिकता प्रतिलिपि र जग्गाको स्वामित्व खुल्ने कागजात अनिवार्य गरिएको छ। बर्दघाट नगरपालिकाले स्थानीय कृषकहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रम अघि बढाएको हो।
अधिक जानकारीका लागि नगरपालिकाको कृषि विकास शाखा वा आधिकारिक वेबसाइटमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

.gif)




 x 450 (H) Global Pana.jpeg)


