काठमाडौं । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले नेपालटार–डाँडागाउँ सडक पिच कार्य आगामी सोमबार (फागुन २६) बाट शतप्रतिशत सम्पन्न हुने जानकारी दिएका छन् ।
उनका अनुसार, यो सडक विकास योजनाविरुद्ध केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रयास गरिरहेका छन्, जसले अनावश्यक विवाद सिर्जना गरेको छ । उनले नगरवासीहरूलाई तथ्यमा आधारित रहेर विकास कार्यको मूल्यांकन गर्न आग्रह गर्दै, अनुगमन तथा सुझावका लागि खुला आमन्त्रण गरेका छन् ।
नगरपालिकाले यसअघि नेपालटार क्षेत्रमा निम्न पूर्वाधार विकासका कार्यहरू सम्पन्न गरिसकेको छः
मौलिक शैलीको गेट निर्माण,
वर्षायाममा पानी जम्ने समस्याको अन्त्यका लागि ढल व्यवस्थापन,
खानेपानी पाइपलाइन प्रतिस्थापन,
नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतीय तार भूमिगत गर्ने कार्य
नगर प्रमुख महर्जनले विकास कार्य ढिलो हुनुपरेको कारणहरूलाई पनि स्पष्ट पार्दै, अन्तिम चरणमा पुगेको यो योजनालाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् । साथै, स्थानीयवासीले प्रत्यक्ष अनुगमन गरेर कार्यको गुणस्तरबारे आफ्ना प्रतिक्रिया दिनसक्ने उनको भनाइ छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


