Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकाको डेनभरमा ट्राभल एण्ड एड्भेन्चर शो


ग्लोबल पाना
सोमबार, फागुन २६ २०८१
  • 541
    SHARES

  • images
    अमेरिकाको डेनभरमा ट्राभल एण्ड एड्भेन्चर शो

    ✍️एकेन्द्र थापा

    images
    images
    images

    अमेरिका । संयुक्त राज्य अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । कोलोराडो कन्भेन्सन सेन्टर मा यही मार्च ८ र ९ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो २०२५ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाका साथै विभिन्न नेपाली कम्पनीहरूले सहभागिता जनाएका थिए ।

    उक्त शोमा नेपाल बाट नमस्ते टुरिज्म एण्ड होलिडेज प्रालि, अल्पाइन क्लब अफ हिमालय,सतोरी एडभेन्चर प्रालि,ओझा होलिडेज टुर्स एण्ड ट्रेक्स प्रालि,३ सिस्टर्स एडभेन्चर ट्रेकिङ प्रालि,सम्राट टुर्स एण्ड ट्राभल्स प्रालि,एक्सपिडिसन हिमालय,वेल नेपाल ट्राभल एण्ड टुर्स,हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले सहभागिता जनाएका हुन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतमले नेपालको पर्यटन रमणीय स्थान,साहित्य संस्कृति विश्वमै अब्बल रहेको सन्देश दिनु भयो ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेम ​​राज तिमल्सेनाले अमेरिकी पर्यटनकलाई नेपाल भित्र्याउनका लागि शो आयाेजना गरिएकाे बताए।शोमा आएका भिजिटरहरूलाई नेपालमा पर्यटनका लागि ट्राभल एण्ड एड्भेन्चरबाट प्राप्त गर्ने अवसर गतिविधिहरूबारे तिमल्सेनाले जानकारी गराएका थिए । नेपालको प्राकृतिक सौन्दर्य अद्वितीय मनमोहक परिदृश्य, समृद्ध सांस्कृतिक धरोहर र रोमाञ्चकारी साहसिक पर्यटनबारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी नमस्ते टुरिज्म एण्ड होलिडेज प्रालिका सञ्चालक नानुकाजि अर्यालले जानकारी दिए ।

    ट्राभल एण्ड एड्भेन्चर शो आउनेमध्ये नेपाल पर्यटन बोर्डले दिने विशेष उपहार योजनाअन्तर्गत भाग्यशाली बिजेता पाउला सेफर्टले ‘एभरेस्ट बेस क्याम्प ट्रिप’ जित्ने अवसर पाउनु भयो। दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित बिभिन्न देशका करिब २५० स्टलहरू राखिएका थिए । झन्डै ११ हजारभन्दा बढी आगन्तुकहरूले प्रदर्शनीको भ्रमण गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ