Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : मन्त्री पाठक


ग्लोबल पाना
सोमबार, फागुन २६ २०८१
  • 480
    SHARES

  • images
    स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : मन्त्री पाठक

    पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत पोखरा महानगरपालिका–१६ मा सञ्चालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नव नियुक्त पदाधिकारीहरूको सोमबार पदस्थापन गरिएको छ । प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश २०८० अनुसार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल समितिको अध्यक्ष रहने व्यवस्था छ ।

    images
    images
    images

    समितिमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, सदस्य तथा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सचिव रहने छन् । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पदस्थापन गराएका थिए । कार्यक्रममा मन्त्री पाठकले स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै अस्पतालहरूको स्तरोन्नतिका लागि नीति तथा कार्यक्रम निर्माणमा सरकार गम्भीर रहेको उल्लेख गरे ।

    “राजनीतिमा प्रतिस्पर्धा र विकासमा सहभागिता आवश्यक छ । स्वास्थ्य सेवा सहज, सरल र पहुँचयुक्त बनाउन प्रदेश सरकारले विशेष पहल गरिरहेको छ,” मन्त्री पाठकले भने । नवनियुक्त अध्यक्ष लिलाधर पौडेलले अस्पताल सेवाको सशक्तीकरणका लागि सबै निकायसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा महानगर प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक र प्रविधिक विकासमा महानगरको पूर्ण सहयोग रहने बताए ।

    कार्यक्रममा पोखराका पूर्व मेयर तथा पूर्व प्रदेशसभा सदस्य कृष्ण थापा, गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्वबन्धु बगाले, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष उषा बरूवाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा. धर्मदेव ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    सोही अवसरमा निवर्तमान पदाधिकारीहरूलाई बिदाइ गरिएको थियो । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ