Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज लुफ्थान्सा ग्रुपकाे नेपाल जिएसएको रुपमा नियुक्त


ग्लोबल पाना
आइतबार, चैत ३ २०८१
  • 370
    SHARES

  • images
    सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज लुफ्थान्सा ग्रुपकाे नेपाल जिएसएको रुपमा नियुक्त

    काठमाडौं । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले नेपालको अग्रणी जिएसए प्रतिनिधि कम्पनी (रेप्रिजेन्टेसन पाट्र्नर) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई आधिकारिक रुपमा आफ्नो अफलाइन जिएसए नियुक्त गरेको छ । लुफ्थान्साले आफ्नो गु्रपको ३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरु—लुफ्थान्सा एयरलाइन्स, स्विस इन्टरनेशनल एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सको नेपाल जिएसएको रुपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेको हो ।

    images
    images
    images

    सम्झौता अनुसार सोसाइटी इन्टरनेशनलले नेपालमा लुफ्थान्सा ग्रुपको लागि अभिन्न र रणनीतिक साझेदारको रूपमा काम गर्नेछ । यसले नवीनतम प्रविधिमा आधारित समाधानहरुमार्फत बिक्री तथा मार्केटिङ रणनीतिहरूलाई सशक्त रूपमा सहयोग पुर्‍याउनेछ । साथै, नेपालभर बजार पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी समेत निर्वाह गर्नेछ ।

    लुफ्थान्सा ग्रुप, भारतको जेनेरल सेल्स म्यानेजर संगिता शर्माले यसबारे विचार राख्दै भन्नुभयो, “सोसाइटी इन्टरनेशनल ट्राभल्स सर्भिसेज प्राइभेट लिमिटेडलाई नेपालको लागि हाम्रो नयाँ जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गर्न पाउँदा हामी उत्साहित छौँ । हामी दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउन र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेका छौं । आफ्नो क्षेत्रमा राम्रो ट्र्याक रेकर्ड राख्न सफल सोसाइटी इन्टरनेशनलसँगको साझेदारीपछि लुफ्थान्साको पहुँच विस्तार गर्न र हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा दिने महत्वपूर्ण अवसरको प्रतिनिधित्व गर्दछ ।

    यो नयाँ सहकार्यले हामीलाई नेपालको गतिशील र बढ्दो बजारमा ट्याप गर्न सक्षम बनाउँछ, हाम्रो समग्र बिक्री वृद्धिमा योगदान पुर्‍याउँछ र यस क्षेत्रका हाम्रा मूल्यवान ग्राहकहरूका लागि कनेक्टिभिटी र उत्कृष्ट सेवा बढाउने हाम्रो प्रतिबद्धतालाई सुदृढ पार्दछ । हामी विश्वस्त छौं कि यो साझेदारीले लुफ्थान्सा र हाम्रा ग्राहकहरू दुवैका लागि ठूलो मूल्य ल्याउनेछ ।” आर.आर. ग्रुप अफ कम्पनी अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रबी चन्द्र सिंहले लुफ्थान्सा ग्रुपको नेपालस्थित अफलाइन जीएसए नियुक्त हुन पाउँदा विशेष गौरवान्वित तथा सम्मानित महसूस गरेको बताउनुभयो ।

    वहाँले थप भन्नुभयो, “हाम्रो नियुक्ति सोसाइटी इन्टरनेशनल ट्राभलको स्थानीय विज्ञता र सञ्जालको विशेष पहिचानसँगै अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यासमार्फत हाम्रा साझेदार एयरलाइन्सहरूको अन्तर्राष्ट्रिय बजार हिस्सालाई विस्तार गर्ने प्रतिबद्धताको प्रमाण हो ।” लुफ्थान्सा ग्रुपको समृद्ध इतिहास र विश्वव्यापी सञ्जाललाई स्मरण गर्दै वहाँले थप्नुभयो, “व्यावसायिक यात्रा होस् वा व्यक्तिगत यात्रा, हामी यात्रुहरूलाई सहज र आरामदायी सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।”

    साथै, नेपालमा लुफ्थान्सा ग्रुपको टिकट बिक्री पुनः सञ्चालनमा आउनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने वहाँले बताउनुभयो । यसले नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि यात्राको विकल्पहरु र अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल थप विस्तार गर्दै मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने वहाँको धारणा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ