काठमाडौं - नेपालमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले अधिकांश स्थानमा मौसम सफा रहनेछ। तर, देशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ।
दिउँसोको समयमा, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहन सक्नेछ। यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा, पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना कायमै छ।
तराईका केही स्थानहरूमा बिहानपख हुस्सु लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसैले, आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


