Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

परिश्रम र लगनशीलताले सफल व्यवसायी बने खिनुप्रसाद तिमिल्सिना


सोमबार, चैत ४ २०८१
  • 1,410
    SHARES

  • images
    परिश्रम र लगनशीलताले सफल व्यवसायी बने खिनुप्रसाद तिमिल्सिना

    नवलपरासी । जीवनमा परिश्रम र दृढ संकल्पको साथ अघि बढे केही पनि असम्भव छैन भन्ने उदाहरण बनेका छन् खिनुप्रसाद तिमिल्सिना । पर्वतबाट ५८ साल मा कृषि व्यवसायको बाटो समाउँदै जीवनयापन सुरू गरेका तिमिल्सिनाले समयसँगै व्यवसाय परिवर्तन गर्दै अहिले सफल होटल व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन् ।

    images
    images
    images

    सुरूमा कृषि पेशामा संलग्न रहेका उनले परिवारको आर्थिक अवस्था मजबुत बनाउन रेक्सा व्यवसाय सुरू गरे । १२ वर्षसम्म निरन्तर रेक्सा चलाउँदै उनले घर घडेरी जोडे र आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने आधार तयार पारे । यति मात्र नभई, व्यवसायिक रूपमा अघि बढ्ने सोचका साथ उनले होटल व्यवसायमा हात हाले। आज उनको होटल व्यवसाय राम्रोसँग फस्टाइरहेको छ ।

    व्यवसाय सन्चालनमा श्रीमती पनि पूर्ण रूपमा संलग्न छिन् । व्यवसायका अतिरिक्त उनी स्थानीय राजनीतिमा पनि सक्रिय छिन् र नेकपा (एमाले) को वडा सदस्यका रूपमा निर्वाचित भएकी छिन् । खिनुप्रसाद तिमिल्सिनाका तीन सन्तान छन् – दुई छोरी र एक छोरा । उनले परिश्रम, इमान्दारी र लगनशीलता नै सफलताको प्रमुख सूत्र भएको बताउँछन् । उनको संघर्षमय यात्राले अन्य व्यवसायीहरूलाई पनि प्रेरणा प्रदान गर्नेछ ।

    पुर्वपश्चिम राजमार्गकाे सुनवल चौडामा रहेको “तिमिल्सिना चिया पसल“ अहिले धेरैको रोजाइमा पर्न थालेको छ । मिठो चिया र स्वादिष्ट नास्ताका कारण यात्रुहरू उनको पसलमा अनिवार्य रूपमा रोकिन्छन् । ग्राहकहरूसँग नम्र व्यवहार, हसिलो मुहार र सधैं सकारात्मक ऊर्जाका कारण तिमिल्सिना धेरैका लागि प्रिय बनेका छन् । उनको चिया पसल मात्र व्यवसायिक रूपमा सफल छैन, उनी समाजमा पनि निकै सम्मानित व्यक्तित्व हुन् ।

    होटल व्यवसायमा श्रीमतीको साथ पाइरहेका उनीहरूको परिवार आर्थिक रूपमा सम्पन्न बन्दै गएको छ। यदि तपाईं मिठो चिया र स्वादिष्ट नास्ता खोज्दै हुनुहुन्छ भने “तिमिल्सिना चिया पसल“ एक पटक अवश्य जानुहोस्। वहाँको आत्मीय सेवा र मिठासपूर्ण व्यवहारले तपाईंलाई पुनः जाने चाहना बढाउनेछ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ