काठमाडौं । ओमोडा/जेको विद्युतीय कार किन्दा ग्राहकले ५ लाख १५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्। नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल प्रालिले आफ्नो एक वर्ष पूरा गरेको अवसरमा उक्त अफर घोषणा गरेको हो।
कम्पनीले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत विशेष छुटसहित विभिन्न सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको छ। घोषणा अनुसार, ओमोडा/जेको विद्युतीय कार खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँ नगद छुट अनिवार्य रूपमा पाउने छन्। साथै, २ लाख १५ हजार रुपैयाँ बराबरको एसेसोरिज छुट प्रदान गरिनेछ।
थप सुविधाहरूः
- १ वर्षको इन्स्योरेन्स निःशुल्क
- ८ वर्ष वा १,६०,००० किलोमिटर वारेन्टी (ब्याट्री/मोटर)
- १ वर्षको रोड ट्याक्स निःशुल्क
- ७ किलोवाट क्षमताको वाल चार्जर निःशुल्क
कम्पनीका अनुसार, यो अफर मार्च महिनाभर लागू हुनेछ।
यसै अवसरमा कम्पनीले छिट्टै नेपालमा नयाँ दुई एसयूभी मोडल ल्याउने घोषणा पनि गरेको छ। कम्पनीका सेल्स तथा मार्केटिङ जनरल म्यानेजर ज्ञानेन्द्र चन्दका अनुसार, आगामी २–३ महिनाभित्र नयाँ एसयूभीहरू प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


