Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंको नक्सालमा स्काईवेलको फ्ल्यागशिप सोरुम उद्घाटन


ग्लोबल पाना
शुक्रबार, चैत ८ २०८१
  • 506
    SHARES

  • images
    काठमाडौंको नक्सालमा स्काईवेलको फ्ल्यागशिप सोरुम उद्घाटन

    काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडीको बढ्दो मागलाई मध्यनजर गर्दै स्काईवेलले आफ्नो प्रमुख ‘फ्ल्यागशिप सोरुम’ काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको छ। नेपालमा जि मोटर्स प्रा. लि. मार्फत वितरण गरिँदै आएको स्काईवेल ब्रान्डको यो सोरुमले उपभोक्तालाई उत्कृष्ट सेवा दिने लक्ष्य राखेको छ।

    images
    images
    images

    नयाँ सोरुमको उद्घाटन शुक्रबार चिनियाँ राजदूतावासका डिपुटी चिफ अफ मिशन महामहिम श्री वाङ जीन्  एवं समाजसेवीहरुको उपस्थितिमा सम्पन्न भयो। जी मोटर्सका प्रमुख पदाधिकारीहरुका अनुसार स्काईवेलले नेपालका उपभोक्तालाई गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ। हाल स्काईवेलका विद्युतीय गाडीहरू चीन, अमेरिका, जर्मनी, इटली, अष्ट्रेलिया, मिडल इस्ट, रसिया लगायत विश्वका प्रमुख बजारमा सफल रूपमा विक्री हुँदै आएका छन्।

    नेपालमा समेत बढ्दो विद्युतीय सवारीको मागलाई सम्बोधन गर्न कम्पनीले ग्राहक–केन्द्रित सेवा र उच्चस्तरीय उत्पादन प्रदान गर्ने बताएको छ। स्काईवेलका उत्पादनहरूको प्रमुख विशेषता भनेको दीर्घकालीन टिकाउपन, ध्वनि रहित सवारी अनुभव, वातावरणमैत्री प्रविधि र दक्ष ब्याट्री प्रविधि रहेको छ। कम्पनीका प्रवन्ध निर्देशक कैलाश बाबु गेलालले भन्नुभयाे, "नेपालको सवारी साधन बजारमा नयाँ मानक स्थापित गर्दैछौं। ग्राहकहरूको आवश्यकताअनुसार उच्चस्तरीय सेवा प्रदान गर्न हामी निरन्तर प्रयासरत छौं।" हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकहरुलाई हाम्रा गाडी विक्री गर्छौ । ग्राहकहरुलाई हामीले दिनु पर्ने सेवामा हामी कहि कतै चुक्नेछैनौं । घरमा नै गएर सेवा दिनु परे पनि हमेसा तत्पर रहन्छौं ।

    नेपालमा हाल स्काईवेलको शुरुवाती मोडल ४२० किलोमिटर रेन्ज क्षमताको छ, जसको मूल्य ७५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। कम्पनीले आगामी दिनमा अन्य प्रिमियम इलेक्ट्रीक गाडीहरू समेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ