Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वैदेशिक रोजगार व्यवसायीहरू बीच आपसी एकता विस्तार गर्न इफ्तार साँझ


ग्लोबल पाना
आइतबार, चैत १० २०८१
  • 754
    SHARES

  • images
    वैदेशिक रोजगार व्यवसायीहरू बीच आपसी एकता विस्तार गर्न इफ्तार साँझ

    काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आपसी एकता, सद्भाव र भाइचारा सम्बन्ध विस्तारका लागि विशेष इफ्तार साँझ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खान र विशेष अतिथि नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सिराज अहमद फारूकी रहनुभएको थियो ।

    images
    images
    images

    वैदेशिक रोजगारीका क्षेत्रमा विद्यमान समस्या तथा ती समस्याको समाधानका लागि सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिनुभयो। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा संगठनका पूर्वअध्यक्ष ताज मोहम्मद मियाँ, मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरूङ, कार्यसमिति सदस्य वैकुण्ठ पौडेल बैभव, मञ्चकी सचिव धनु सिञ्जाली, तराई मधेश वैदेशिक रोजगार व्यवसायी समाजका उपाध्यक्ष अख्तर हुसेन, वैदेशिक रोजगार व्यवसायी एकीकृत संगठनका सचिव अनिल बोगटी लगायत मुस्लिम धर्मावलम्बी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    इफ्तार र वैदेशिक रोजगारको सम्बन्ध मुस्लिम समुदायका लागि रमजान महिनामा रोजा (उपवास) राख्नु धार्मिक अनिवार्यता हो । रोजा राख्नेहरूले बिहान तोकिएको समयभित्र सेहरी (खानेकुरा) ग्रहण गर्छन् र साँझ तोकिएको समयमा इफ्तार गर्छन् । सेहरीपछि इफ्तार नहुन्जेलसम्म पानीसमेत नपिई उपवास बस्ने चलन रहेको छ ।

    यस विशेष अवसरमा आयोजकहरूले वैदेशिक रोजगार व्यवसायीहरूबीचको सद्भाव, एकता र सहकार्यलाई मजबुत पार्न इफ्तार साँझको आयोजना गरिएको जनाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ