Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर


ग्लोबल पाना
आइतबार, चैत १० २०८१
  • 583
    SHARES

  • images
    टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

    काठमाडौं, नेपाल । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेषकन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइनेछ।

    images
    images
    images

    मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमाफुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन्। प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ।

    टिकटक पछिल्ला केही वर्षहरूमानेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको रूपमा विकसित भएको छ। प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्नेटिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ।

    यो साझेदारी मार्फतदेशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ। नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा यस प्रतियोगिताका अविस्मरणीय क्षणहरू सँगै सेलिब्रेट गर्न सक्नेछन्। साथै, #CelebrateFootball ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरूप्रस्तुत गर्नेछजसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ। यसबाहेक, #CelebrateFootball ले फ्यानहरूलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेसपनि प्रदान गर्नेछ।

    फ्यानहरूलाई एकताबद्ध गर्ने,नेपालको सबैभन्दा ठूलो फुटबल लिगको उत्साह बढाउनेर फ्यान अनुभवलाई समृद्ध बनाई फुटबललाई प्लेटफर्मका डिजिटल दर्शकहरूको नजिक विश्वव्यापी रूपमा लैजाने टिकटकको प्रतिबद्धता अनुसार यो सहकार्य गरिएको हो।

    टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्,“हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं। यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं।

    "टिकटक नेपालमा विगत दुई वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको छ। यसले अविश्वसनीय र अनौठा खेलकुद कन्टेन्टलाई बढावा दिन्छ र क्रियटरहरूलाई खेलकुदका केही उत्कृष्ट क्षणहरूलाई फेरिजीवन्त बनाउन र रिमिक्स गर्न सजिलो बनाउँछ। हामी फ्यानहरूलाई खेल्ने अनलाइन एरिना प्रदान गर्दैहाम्रो नेपाली समुदायलाई नेपालको सबैभन्दा लोकप्रिय खेलकुद ईभेन्टसँगक्रियसन र इन्गेजमेन्टका नयाँ तरिकाहरू प्रदान गर्नेछौं। आशा छ, हामी टिकटकलाई नेपाली फुटबल मात्र नभई अन्य खेलहरूको लागि पनि फ्यानडमको घर बनाउने छौं।”

    एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने,“एनएसएलसधैंभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुन: परिभाषित गर्ने प्रयास गर्दछ। यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग पहिलो पटक नजिक ल्याउनेछ। फुटबल केवल खेल मात्र होइन,यो जोश, समाज र साझा अनुभवहरूको बारेमा पनि हो। यहाँ हामी एनएसएल प्रेमीहरूलाई नजिक ल्याउन र टिकटक मार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौं।"

    एनसेल एनएसएल ३ का सबै विशेषकन्टेन्ट, रमाइला अपडेटर टिकटकमा नेपालको सबैभन्दा ठूलो फुटबल उत्सवको हिस्सा बन्ने अवसरका लागिकृपया फलो गर्नुहोस्: nepalsuperleague

    टिकटकको बारेमा

    टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि कन्टेन्टगन्तव्य हो। हाम्रो लक्ष्य रचनात्मकतालाई प्रेरित गर्नु र आनन्द ल्याउनु हो। टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा छर यसका कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो लगायतका शहरहरूमा अवस्थित छन्। www.tiktok.com

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ