काठमाडौं । सिजी इलेक्ट्रोनिक्स र क्रम्पटन ग्रिव्स कन्ज्युमर इलेक्ट्रोनिक्सले क्रम्पटन पार्टनर्स मिट–२०८१ चितवनको सौराहामा सम्पन्न गरेको छ । क्रम्पटन पार्टनर्स मिटमा व्यावसायिक साझेदारहरूबीचको दीर्घकालीन साझेदारीलाई प्राथमिकतामा राख्दै साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको छ ।
कार्यक्रममा क्रम्पटन ग्रिव्स कन्ज्युमर इलेक्ट्रोनिक्सका इन्टरनेसनलका एसोसियट भाइस प्रेसिडेन्ट तथा प्रमुख दुर्गेश बक्सीले क्रम्पटन र सिजी इलेक्ट्रोनिक्सबीचको बलियो सम्बन्धलाई उजागर गर्दै दुई कम्पनीबीचको रणनीतिक साझेदारी, व्यावसायिक वृद्धिको अवसरहरू, नवीनतम उत्पादन र प्रविधिहरूको प्रयोगद्वारा बजार विस्तारको सम्भावनाहरूबारे चर्चा गरे ।
उनले साझेदारहरूको भूमिकालाई विशेषरूपमा सम्मान गर्दै उनीहरूको निरन्तर समर्थनकै कारण आजको सफलता सम्भव भएको उल्लेख गरे । उनले स्थानीय बजारको आवश्यकतालाई बुझ्दै ग्राहककेन्द्रित दृष्टिकोणमा जोड दिँदै भविष्यमा अझ मजबुत सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता जनाए ।
कम्पनीका इन्टरनेसनल बिजनेसका सिनियर म्यानेजर सौरभ गौडले क्रम्पटनका नवीनतम उत्पादनहरूको बारेमा जानकारी प्रस्तुत गरे । उनले कम्पनीका नवीनतम एयर कुलरहरू, छतका पंखा, र एक्जस्ट फ्यानहरूको प्रविधि, ऊर्जा दक्षता र उपभोक्ता आवश्यकतासँगको मेलमिलापको बारेमा जानकारी दिए ।
गौडले उत्पादनको विशिष्टता, गुणस्तर मापदण्ड र बजारमा क्रम्पटनको प्रतिस्पर्धात्मक लाभको चर्चा गर्दै व्यापार साझेदारहरूलाई यी प्रविधिहरूलाई आफ्नो व्यवसायमा कसरी प्रभावकारीरूपमा समावेश गर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरे । क्रम्पटन उपभोक्ता इलेक्ट्रिकल क्षेत्रमा एक प्रमुख नाम हो । जुन नवप्रवर्तन, गुणस्तर र ऊर्जा–दक्ष समाधानहरूको लागि प्रसिद्ध छ ।
दशकौँको समर्पणसहित, क्रम्पटनले पंखा र गृह उपकरणजस्ता अत्याधुनिक इलेक्ट्रिकल उपकरणहरूको आपूर्ति गर्ने काम गरेको छ । कम्पनीले अनुसन्धान र विकासमा निरन्तर लगानी गर्दै स्मार्ट र दिगो समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ ।
यस्तै, सिजी इलेक्ट्रोनिक्स ग्लोबलरूपमा पहिचान प्राप्त गरेको सिजी कर्प ग्लोबलको एक शाखा हो । जसले नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल समाधानहरू ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । क्रम्पटनको विश्वासपात्र साझेदारको रूपमा सिजी इलेक्ट्रोनिक्सले ग्राहकको अनुभवलाई सुदृढ पार्दै बजार पहुँचलाई विस्तार गर्दै र प्रौद्योगिकी उन्नतिमा ध्यानकेन्द्रित गर्दै आएको छ ।
क्रम्पटन र सिजी इलेक्ट्रोनिक्सको साझेदारीले व्यवसाय र उपभोक्ताहरूलाई भरपर्दो, उच्च गुणस्तरीय इलेक्ट्रिकल समाधानहरूसँग सशक्त बनाउँदै, स्मार्ट र जडान गरिएको भविष्यको दृढ दृष्टिकोणलाई सुदृढ गरिरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


