काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपाली बजारमा सार्वजनिक गरेको छ। मजबुत बनावट, उच्च प्रदर्शन र अत्याधुनिक विशेषतासहित आएको यो फोन आईपी ६९ प्रमाणीकरण प्राप्त छ, जसले धुलो र पानी प्रतिरोधी बनाउँछ।
दमदार डिजाइन र मजबुत सुरक्षा :
रियलमी सि ७५ मा आर्मरसियल ग्लास प्रयोग गरिएको छ, जसले फोनलाई २६०% बढी ड्रप रेजिस्ट्यान्ट र ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनाएको कम्पनीको दाबी छ। फोन आकस्मिक रूपमा खस्दा, कम्पन वा चरम तापक्रममा समेत टिकाउ हुने विशेषता यसमा समावेश छ।
पावरफुल ब्याट्री र फास्ट चार्जिङ :
यस स्मार्टफोनमा रहेको ६००० एमएएच ब्याट्री ले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक र ६० दिनसम्म स्ट्यान्डबाई टाइम प्रदान गर्छ। साथै, ४५ वाट फास्ट चार्जिङ प्रविधिले मात्र ३० मिनेटमै ५०% चार्ज गर्न सक्ने कम्पनीले बताएको छ।
शक्तिशाली प्रदर्शन र गेमिङ अनुभव :
रियलमी सि ७५ मा मेडियाटेक हेलियो जि ९२ म्याक्स प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ, एप सञ्चालन तथा अन्य कार्यहरू सहज बनाउँछ। फोनमा ८ जीबी डाइनामिक मेमोरी रहेको छ, जुन १६ जीबीसम्म विस्तार गर्न सकिन्छ। स्टोरेजको लागि १२८ जीबी र २५६ जीबी विकल्प उपलब्ध छ, साथै माइक्रोएसडी कार्ड सपोर्टसमेत छ।
स्मूथ डिस्प्ले र उच्च ब्राइटनेस :
फोनमा ६.७२ इन्चको फुल एचडी डिस्प्ले दिइएको छ, जसले ९० हर्जको रिफ्रेस रेट प्रदान गर्छ। ६८० निट्सको उच्चतम ब्राइटनेस भएका कारण प्रत्यक्ष घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ।
एआई क्यामरा र फोटोग्राफी अनुभव :
रियलमी सि ७५ मा ५० मेगापिक्सेलको एआई क्यामेरा रहेको छ, जसले उच्च–रेजोल्युसन र भाइब्रान्ट फोटोहरू खिच्न सक्छ। एआई नाइट मोड ले कम प्रकाशमा समेत उत्कृष्ट फोटोहरू खिच्न मद्दत गर्छ। अगाडिको ८ मेगापिक्सेलको एआई ब्युटी सेल्फी क्यामेरा ले प्राकृतिक र उत्कृष्ट सेल्फीहरू खिच्न मद्दत गर्छ।
एआई स्मार्ट फिचरहरू :
यस स्मार्टफोनमा एआई स्मार्ट लूप, एआई क्लियर फेस र एआई स्मार्ट मोसन जेस्चर जस्ता फिचरहरू छन्। एआई स्मार्ट लूपले ब्याट्री बचत गर्छ, जबकि एआई क्लियर फेसले भिडियो कलमा अनुहार अझ स्पष्ट देखाउँछ। एआई स्मार्ट मोसन जेस्चरको मद्दतले हातका संकेतहरूमार्फत फोन नियन्त्रण गर्न सकिन्छ।
मूल्य र उपलब्धता : रियलमी सि ७५ नेपालभरका सबै आधिकारिक रियलमी रिटेल स्टोरहरूमा उपलब्ध छ।
८+१२८ जीबी भेरियन्टको मूल्यः रु. २६,९९९
८+२५६ जीबी भेरियन्टको मूल्यः रु. २९,९९९
उच्च प्रदर्शन, मजबुत डिजाइन र दमदार फिचरहरू भएको रियलमी सि ७५ नेपाली उपभोक्तामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


