Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड


ग्लोबल पाना
मंगलबार, चैत १२ २०८१
  • 371
    SHARES

  • images
    कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिनुभएको छ। कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिनुभएको हो।

    images
    images
    images

    "कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरि छ।" अध्यक्ष प्रचण्डले भन्नुभयो, "संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुख दिएर समस्या हल हुँदैन।" भेटका क्रममा अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातापरण निर्माणका लागि पहल गर्ने समेत बताउनुभयो।

    कबाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ