Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वैदेशिक रोजगारीका क्रममा निधन भएकी लिला कार्कीको अन्त्येष्टि भाेली गरिने


ग्लोबल पाना
बुधबार, चैत १३ २०८१
  • 668
    SHARES

  • images
    वैदेशिक रोजगारीका क्रममा निधन भएकी लिला कार्कीको अन्त्येष्टि भाेली गरिने

    मोरङ । संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीकी श्रीमती लिला कार्कीको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ । वैदेशिक रोजगारीका लागि माल्दिभ्स गएकी ४९ वर्षीया कार्कीको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images

    गत २०८१ चैत ९ गते माल्दिभ्समा निधन भएकी कार्कीको शव नेपाल ल्याइपुर्याउन ६ दिन लागेको थियो । लामो समयदेखि विदेशमा कार्यरत कार्कीको मृत्युले परिवार र आफन्तहरू शोकमा परेका छन् । उहाँका दुई छोरी र एक छोरा छन् ।

    अन्त्येष्टि :

    स्वर्गीय लिला कार्कीको अन्त्येष्टि २०८१ चैत १४ गते कन्काई माईमा गरिने पारिवारिक स्रोतले जनाएको छ । बिहान ९ः०० बजे उर्लाबारी वडा नं. १, मेचेडाँगीस्थित निवासबाट मलामी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । शोकाकुल परिवारले सम्पूर्ण आफन्त, छरछिमेक तथा शुभेच्छुकलाई मलामीमा सहभागी भई दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गर्न अनुरोध गरिएको छ । -हार्दिक श्रद्धाञ्जली!

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ