काठमाडौं । भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठानले नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन गरेको छ। बिनायक अस्पतालमा आयोजित विशेष समारोहमा प्रतिष्ठानको क्यालेन्डर विमोचन गरिएको हो ।
क्यालेन्डर विमोचन समारोहमा बिनायक अस्पतालका कार्यकारी अध्यक्ष के.पी. लामिछाने, अस्पतालका मेडिकल डाइरेक्टर डा. उषा श्रेष्ठ खाँड, बिनायक कलेजका कार्यकारी अध्यक्ष खगेन्द्र अधिकारी, प्रतिष्ठानका कोषाध्यक्ष अच्युत लामिछाने तथा बिनायक अस्पतालका अन्य प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठान जनताको सुख–दुःखमा निरन्तर काम गर्दै आएको संस्था हो। प्रतिष्ठानले समाजमा सकारात्मक योगदान दिने उद्देश्यले विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आएको छ ।
प्रतिष्ठानका पदाधिकारीहरूका अनुसार यस क्यालेन्डर विमोचनको उद्देश्य संस्थाका गतिविधिहरूलाई प्रचार–प्रसार गर्नुका साथै सामाजिक सचेतनामा योगदान पुर्याउनु रहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


