Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण


ग्लोबल पाना
बुधबार, चैत २० २०८१
  • 404
    SHARES

  • images
    सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण

    काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका संचालक चिरन राईको विशेष पहलमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो ।

    images
    images
    images

    बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो । बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईले संयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

    चिरन राईको नेतृत्वमा सञ्चालित यो अभियान विद्यालयका विद्यार्थीहरूका लागि सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने महत्वपूर्ण पहल भएको छ। भवन निर्माण कार्यलाई सफल बनाउन तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा युवा समाजसेवी इश्वर लामाले समन्वयकारी भूमिका खेलेका थिए । कार्यक्रमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै विद्यालय भवन निर्माणमा योगदान र्पुयाउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

    चिरन राईले आफ्नो सम्बोधनमा यूकेमा रहेका नेपाली समुदायको समर्थन र सहयोगको प्रसंसा गर्दै नेपालमा आफूहरुले विद्यालय क्षेत्रमा गर्न पाएको सेवाले हर्षित भएको भन्दै गर्दै आगामी दिनमा पनि नेपालका शैक्षिक संस्थाहरूको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ