Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मोबाइल फुड ल्याव भ्यानद्वारा प्रसूति गृहका क्यान्टिनहरूको अनुगमन


ग्लोबल पाना
बिहीबार , चैत २१ २०८१
  • 457
    SHARES

  • images
    मोबाइल फुड ल्याव भ्यानद्वारा प्रसूति गृहका क्यान्टिनहरूको अनुगमन

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याव भ्यान संचालन गरी काठमाडौं महानगरपालिकासँगको सहकार्यमा परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा सञ्चालित विभिन्न क्यान्टिनहरूको निरीक्षण तथा अनुगमन गरेको छ।

    images
    images
    images

    उक्त अनुगमन टोलीमा काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोल, महानगर प्रमुखको विज्ञ सल्लाहकार जीवन प्रभा लामा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक सोम कान्त रिजाल, महानगरपालिकाका प्रमुख सल्लाहकार सन्तोष गिरी, महानगरपालिकाका निमित्त प्रमुख नुरनिधि न्यौपाने, तथा विभागका खाद्य निरीक्षक अधिकारीहरू सहभागी थिए।

    निरीक्षणका मुख्य निष्कर्षहरूः
    1. सुनिल क्यान्टिन तथा कपडा पसल

    सरसफाइमा कमी

    फ्रिजमा भण्डारण अव्यवस्थित

    भुइँको टायल फुटेको

    भेज र ननभेज खाद्य पदार्थ एकै ठाउँमा भण्डारण

    दूध तथा पानीको नमूनामा कैफियत नदेखिएको

    निर्देशनः

    सरसफाइ सुधार

    फ्रिजमा व्यवस्थित भण्डारण

    भेज–ननभेज छुट्टै राख्ने व्यवस्था

    टायल मर्मत तथा खाद्य भण्डारण कक्ष व्यवस्थित गर्ने

    2. मनकामनामाई क्यान्टिन

    सरसफाइमा कमी

    खाद्य पदार्थको भण्डारण अव्यवस्थित

    झ्याल–ढोकामा जाली नभएको

    भेज–ननभेज पदार्थ एकै ठाउँमा भण्डारण

    समोसा परीक्षणका लागि संकलन, दूध तथा पानीमा कैफियत नदेखिएको

    निर्देशनः

    सरसफाइ सुधार

    फ्रिजमा उचित भण्डारण

    भेज–ननभेज छुट्टै राख्ने व्यवस्था

    झ्याल–ढोकामा जाली राख्ने

    3. क्याफे केयर प्रा. लि.

    सरसफाइ सामान्य

    फ्रिजमा भण्डारण अव्यवस्थित

    भेज–ननभेज पदार्थ एकै ठाउँमा भण्डारण

    क्रिम डोनट परीक्षणका लागि संकलन, दूध तथा पानीमा कैफियत नदेखिएको

    निर्देशनः

    सरसफाइमा सुधार

    फ्रिजमा उचित भण्डारण

    भेज–ननभेज छुट्टै राख्ने व्यवस्था

    खाद्य भण्डारण कक्ष व्यवस्थित गर्ने

    यस अनुगमन अन्तर्गत ६ थान खाद्य नमूना संकलन गरी मोबाइल फुड ल्याव भ्यानमार्फत परीक्षण गरिएको थियो, जसमा कुनै गम्भीर कैफियत देखिएन। तर, सरसफाइ तथा खाद्य भण्डारण सुधार गर्न क्यान्टिनहरूलाई निर्देशन दिइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ