Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस हो : डा. प्रकाश शरण महत


ग्लोबल पाना
शुक्रबार, चैत २२ २०८१
  • 371
    SHARES

  • images
    ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा नेपाली कांग्रेस  हो : डा. प्रकाश शरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सर्न्दभमा नेपाली कांग्रेस नै भएको बताएका छन् । शुक्रबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको ३५ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले पार्टीले धेरै उतारचढाव बेहोरेको भए पनि नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको बताएका हुन् । उनले भने, ‘ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सर्न्दभमा नेपाली कांग्रेस नै हो ।

    images
    images
    images

    नेपाली कांग्रेस लामो इतिहास भएको पार्टी हो । धेरै उतारचढाब यसले बेहोरेको छ । यो उतारचढाबको क्रममा अहिले कतिपय कमिकमजोरी पनि गर्यौं होला । तर हामी गर्वका साथ भन्छौं अहिले पनि सर्वोत्कृष्ट पार्टी नेपाली कांग्रेस नै हो ।’ साथै उनले नेपाल वित्तीय संस्थाले पाउनुपर्ने हरेक अधिकार नेपाली कांग्रेसको अगुवाई र समर्थनबिना सम्भव नहुने बताए । उनले वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको सहयोग नेपाली कांग्रेसलाई र नेपाली कांग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने बताए । उनले भने, ‘त्यसैले नेपाल वित्तीय संस्था कर्मचारीहरुले जुन अधिकारको कुरा गरिरहनु भएको छ त्यो अधिकार नेपाली कांग्रेसको अगुवाई र समर्थनबिना सम्भव हुँदैन ।

    नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको सहयोग नेपाली कांग्रेसलाई र नेपाली कांग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने नै छ ।’ यसैगरी उनले नेपाल वित्तीय संस्था कर्मचारीसँग जोडिएका विषयहरुलाई पनि गम्भिरताका साथ हेरेको बताए । उनले नेपाल वित्तीय संस्थालाई अधिकार र जिम्मेवारीलाई सँगसँगै लिएर जानुपर्ने बताए ।

    ‘साथै उनले नेपाल वित्तीय संस्था कर्मचारीसँग जोडिएका विषयहरुलाई पनि हामीले गम्भिरताका साथ हेर्छौं । हामीले अधिकार र जिम्मेवारीलाई सँगसँगै लिएर जानुपर्छ । उनले भने, हामी काममा पनि चुक्दैनौं, कर्तव्य निर्वाहमा पनि चुक्दैनौं, हामी १०० प्रतिशत दिन्छौं, सँगसँगै हामीले पाउनुपर्ने सेवा सुविधा र अधिकार पनि १०० प्रतिशत पाउनुपर्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ