Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मानव बेचबिखन विरुद्धको अभियानमा समन्वय तथा सहकार्य विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शुक्रबार, चैत २२ २०८१
  • 2,351
    SHARES

  • images
    मानव बेचबिखन विरुद्धको अभियानमा समन्वय तथा सहकार्य विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । आफन्त इन्डिया फाउन्डेसनद्वारा “मानव बेचबिखन विरुद्ध अभियानमा समन्वय तथा सहकार्य” विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा.शंकर प्रसार शर्माले आफन्त इन्डिया फाउन्डेशनले भारतमा रहेर नेपाली महिला तथा बालबालिकाहरुको उद्धार र स्वदेशफीर्ति तत् पश्चात नेपालस्थित आफन्त नेपालसंगको सहकार्यमा सामाजिक तथा आर्थिक शसक्तिकरण गरी दिगो रुपमा पारिवार र समुदायमा पुनर्मिलन गराउदै आएको सन्दर्भ प्रशंसनिय रहेको बताउनुभयो ।

    images
    images
    images

    उहांले मानव बेचबिखन तथा ओसारपसार कुनै एउटा देशका मात्र समस्या नभएकोले बिभिन्न देश र संघ सस्थाहरुबीच अनिबार्य समन्वय र सहकार्य आवश्यक रहेको जानाकारी गराउनुभयो । कार्यक्रममा आफन्त नेपालको कार्यकारी निर्देशक श्री एलिसन सापकोटाले प्रभावितहरुको गोपनियताको सम्मान, स्वदेशफिर्तिमा निम्नतम मापदण्डको पालना, आफन्त नेपालको प्रेषण संयन्त्र तथा प्रकृया, पैरवी तथा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिगो समाधानमा आफन्त नेपालको योगदानको विषयमा जानाकारी गराउनुभयो ।

    नेपाली राजदुतावासका काउन्सिलरद्वय एसएसपी संजिव शर्मा दास, नविन अधिकारी, दिल्ली पुलिस मानव बेचबिखन अनुशन्धान व्युरो युनिटका एसिपी अरुण चौहान, बाल कल्याण समिति सेन्ट्रल ३ का अध्यक्ष डा.पंकज गुप्ता, रेस्क्यु कर्नालका एसआई जगजित सिंह वटरफ्लाई, संस्थाका निर्देशक जे.बी वली, रेस्क्यु फाउन्डेशनकी त्रीवेणी आचार्य, मिसन मुक्ति फाउन्डेशनका विरेन्द्र कुमार सिंह, हैदरावादबाट कमल राउत, हिमान्चलबाट शान्ति बुढा, लगाएत मानव बेचबिखन विरुद्ध कार्यरत संघसंस्था तथा आवास गृह संचालक प्रतिनीधिहरुबाट उद्धार पश्चात स्वदेशफीर्तिको क्रममा देखिएका चुनौतिहरुको बिषयमा समेत ध्यानाकर्षण गरिएको थियो ।

    उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध समन्वय तथा सहकार्यमा सहयोग गर्नुहुने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ