Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अर्घाखाँचीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते


ग्लोबल पाना
आइतबार, चैत २४ २०८१
  • 224
    SHARES

  • images
    अर्घाखाँचीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते

    अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    images
    images
    images

    लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २००–२५० मिटर तल खसेको थियो। दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान ३ः५० बजे ईलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

    अन्य दुई घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ