Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कालेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने


ग्लोबल पाना
सोमबार, चैत २५ २०८१
  • 487
    SHARES

  • images
    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कालेजमा  ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

    काठमाडौं । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन लागेको हो ।

    images
    images
    images

    साँगेबासी बिचमा एकता एवम् भाइचारा अभिबृद्धी र संस्कृतिको जगेर्ना गर्ने हेतुले चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न लागिएको साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेले जानकारी दिनुभयो । साथै उहाँले दिउँसो ११:३० बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ ।

    त्यसैगरि अभियानका महासचिव सरोज ओझाले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा साँगे खोलाको शिर भाग क्षेत्रदेखि मादिको संगमस्थतसम्मको पानीढोलो क्षेत्र थाँतथलो भएका वा हाल बसोबास गर्ने सबैलाई स-परिवार उपस्थित हुन आव्हान गरिएको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ