Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

समय अनुसार नीति परिवर्तन जरुरी : प्रा.डा. अधिकारी


ग्लोबल पाना
मंगलबार, चैत २६ २०८१
  • 565
    SHARES

  • images
    समय अनुसार नीति परिवर्तन जरुरी : प्रा.डा. अधिकारी

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नीतिहरु समयअनुकुल परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन नीतिहरू’ विषयक छलफल कार्यक्रममा उनले विश्व कुन दिशातिर जादैँछ त्यही हिसाबले जानुपर्ने बताए । उनले अबको समय इभीको भएको हुँदा नीति निर्माणसहित अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले नीजि सवारी साधनहरु धेरै छन् ।

    images
    images
    images

    त्यसैले यो क्षेत्रमा विकास भएको रहेछ भन्ने देखिन्छ । यसमा इभी कति छन् भन्ने कुराले विकासको चरण देखाउँछ । विश्व कुन दिशातिर जादैँछ भन्ने हिसाबले हामीपनि अगाडि बढ्ने हो । अब जाने भनेको इभीतिरै हो । तर कसरी जाने, कतिको छिटो जाने के गर्ने भन्ने कुरा नीतिले नै निर्माण गर्ने हो । नीतिले सकरात्मक र नकारात्मक दुवै असर गर्छ । आज बनाएको नीति पाँचछ वर्ष पनि काम नलाग्ने हुन्छ । किनभने समयअनुसार प्रविधिहरु परिवर्तन हुन्छन् । त्यसकारण दिगो रुपमा सोचेर नीति बनाउनुपर्छ ।’

    यस्तै, उनले बजेट भन्दा अगाडि यस्ता विषयको छलफलले काम गर्न सजिलो हुने भन्दै अहिलेको समय अनुसार नीतिहरु पुरानो भएको बताए । यस्तै, मेकानिकल इन्जिनियरिङ विभाग, काठमाडौं विश्वविद्यालयका प्राडा बिम प्रसाद श्रेष्ठले इभीको कुरामा युरोप र अमेरिका धेरै अगाडि बढिसकेको भन्दै पूर्वाधार विकास गर्दा आगामी १० वर्षसम्म पनि चल्न सक्ने खालको बनाउनुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ