Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै


ग्लोबल पाना
बिहीबार , चैत २८ २०८१
  • 307
    SHARES

  • images
    बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै

    काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" मार्फत दुई-पाङ्ग्रे सवारी प्रेमीहरूलाई आकर्षित पार्ने तयारी गरिरहेको छ। यो भव्य अवसर चैत्र २८, २०८१ देखि वैशाख ३, २०८२ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

    images
    images
    images

    एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्नेछ। तपाईं यामाहाको प्रशंसक हुनुहुन्छ अथवा यामाहामा स्विच गर्न खोज्दै हुनुहुन्छ भने, यामाहा ब्लू फेस्टले तपाईंका लागि यी अतुलनीय एक्सचेन्ज डिलहरू प्रदान गर्दछ:

    • कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस्,

    • कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन,

    • अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),

    • एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस,

    • कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग,

    • यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट:

     थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १,००० जित्नुहोस्,

     विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्नुहोस्,

     यामाहा खरिद गर्नुहोस् गरी रु. १,००,००० सम्म नगद छुट जित्नुहोस् ।

    विविधतायुक्त र बलियो प्रडक्ट रेन्जको लागि परिचित यामाहा दैनिक यात्रुहरूदेखि रेसिंग उत्साही र एडभेन्चर खोज्नेहरूसम्म, हरेक प्रकारका राइडरहरूका लागि डिजाइन गरिएको छ । ARAI-प्रमाणित ७१.३३ kmpl माइलेजका साथ नेपालको उच्चतम माइलेज दिने स्कूटर यामाहा RayZR 125FI हाइब्रिडदेखि स्पोर्टी र स्टाइलिश यामाहा R15 V4 सम्म, यामाहाले आफ्नो उच्च स्तरलाई कायम राखेको छ।

    बोल्ड स्ट्रिट प्रेजेन्स खोज्ने राइडरहरूले MT-15 V2 र FZ V3 सिरिजमा ध्यान केन्द्रित गर्न सक्छन्, जबकि Aerox 155 स्पोर्टी डिजाइन भएको पर्फर्मेन्स स्कूटरको रूपमा परिचित छ। अफ-रोड रोज्नेहरूले बलियो WR155R मा भर पर्न सकिन्छ । प्रत्येक यामाहा मेसिन उन्नत जापानी इन्जिनियरिङद्वारा संचालित छ जसले सुरक्षित, कुशल र रोमाञ्चक राइड अनुभव प्रदान गर्दछ। यामाहा ब्लू फेस्ट एक्सचेन्ज इभेन्ट मात्र नभई एक पूर्ण उत्सव हो!

    साथीहरू र परिवारसँग आउनुहोस् र यसको मजा लिनुहोस्:

    • डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनुहोस्।

    • कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् र रोमाञ्चक उपहारहरू घर लैजानुहोस्।

    • गेमिङ जोन - एक्शन-प्याक फन र प्रतियोगिताहरूमा डुब्नुहोस्।

    • फेस पेन्टिंग

    • महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिनुहोस्।

    • फ्री एक्सेसरिज

    • यस बाहेक पनि अन्य धेरै कुराहरू एकै ठाउँमा एक्सचेन्ज, अपग्रेड र सेलिब्रेट गर्न तपाईंको लागि यो वान-स्टप अवसर हो।

    एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई-पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ।

    यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ