Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तीनकुने घटना आपराधिक गतिविधि हो, न्यायिक छानविन समिति बन्दैनः गृहमन्त्री लेखक


ग्लोबल पाना
शुक्रबार, चैत २९ २०८१
  • 318
    SHARES

  • images
    तीनकुने घटना आपराधिक गतिविधि हो, न्यायिक छानविन समिति बन्दैनः गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादी समूहले आह्वान गरेको आमसभाको क्रममा तीनकुनेमा घटनको घटना आपराधिक गतिविधि रहेको बताएका छन् । उनले यस्ता प्रकारको आपराधिक गतिविधिमा न्यायिक छानविन समिति नबन्ने प्रष्ट पारे ।

    images
    images
    images

    प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले उक्त घटनाको छानविन फौजदारी कानूनको प्रक्रियाअनुसार अघि बढिसकेको बताए । न्यायिक छानविन आयोजक को हो, घटना केके भए, कसले केके उद्दण्डता गर्यो ? लगायतका कुरा थाहा नभएको अवस्थामा बनसक्ने गृहमन्त्री लेखकले बताए ।

    उक्त घटनाको सन्दर्भमा यी सबै कुरा जानकारी रहेकोले समिति बन्न आवश्यक नरहेको उनको भनाइ छ । ‘मुलुकको फौजदारी कानूनको प्रक्रियाअनुसार अघि बढिसकेको छ, त्यसबारे छानविन अघि बढिसकेको छ। आयोजक थाहा छ, भाषणा ककसले गर्यो थाहा छ, ककसले के उद्दण्डता गर्यो थाहा छ। यो त आपराधिक गतिविधि हो नि,’– उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ