Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकार सुरेश रजकको परिवारलाई राप्रपा अध्यक्ष लिङ्देनसहितको टोलीको भेट – शहीद घोषणा र न्यायिक छानबिनको माग


शनिबार, चैत ३० २०८१
  • 455
    SHARES

  • images
    पत्रकार सुरेश रजकको परिवारलाई राप्रपा अध्यक्ष लिङ्देनसहितको टोलीको भेट – शहीद घोषणा र न्यायिक छानबिनको माग

    काठमाडौं, चैत ३० – तिनकुनेमा चैत १५ गते भएको घटनामा परी दिवंगत भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनको परिवारलाई सान्त्वना दिन आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बागमती प्रदेश सभामुख भुवन पाठक लगायतको टोली ताहाचलस्थित रजक निवास पुगेको छ।

    images
    images
    images

    भेटका क्रममा स्व. सुरेश रजकको परिवारले राज्यद्वारा गरिएको हिंसाको घटनामा सुरेशले ज्यान गुमाउनु परेको भन्दै उनलाई शहीद घोषणा गर्न माग गरेका छन्। साथै, घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने परिवारको माग छ।

    रजक निवास पुगेका अध्यक्ष लिङ्देनले पार्टीको तर्फबाट रजकको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “हामीले यो विषयलाई पार्टीको बैठकबाट औपचारिक रूपमा उठाइसकेका छौं, र संसददेखि सडकसम्म निरन्तर आवाज उठाइरहेका छौं।” उनले स्व. सुरेश रजकको बलिदानलाई बेकार हुन नदिने अठोट दोहोर्याए।

    “प्रिय भाइ सुरेशप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। अब हामी सबैले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनुपर्छ,” लिङ्देनले सामाजिक सञ्जालमार्फत पनि जनाएका छन्।

    रजकको निधनले नेपाली पत्रकारिता क्षेत्र र सामाजिक आन्दोलनमा गहिरो चोट पुर्‍याएको छ। उनका सहकर्मी, परिवारजन र शुभेच्छुकहरूले सुरेशको न्यायको लागि एकजुट भएर अभियान सञ्चालन गरिरहेका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ