चितवन, सौरहा । गोरखा गण्डकी गाउँपालिकाबाट सौरहामा आएर होटल व्यवसायमा हात हालेका किशोर घिमिरेले पछिल्लो १२ वर्षमा ‘कोप्रे भाईको ओपन सेकुवा कर्नर’लाई सौरहाको आकर्षक स्वाद केन्द्रका रूपमा स्थापित गर्न सफल भएका छन्।
सौरहाको पर्यटकीय क्षेत्रमा अवस्थित यो होटलले नेपाली मौलिक स्वादका परिकार, विशेषगरी ओपन सेकुवामा फरक स्वाद प्रस्तुत गर्दै स्थानीय तथा विदेशी पर्यटकको ध्यान आकर्षित गरिरहेको छ। व्यवसायको सबै पक्षमा आफैं खटिने घिमिरे परिवारको योगदानले यो होटललाई विशिष्ट बनाएको छ।
किशोर घिमिरे, उनका कान्छा छोरा विवेक घिमिरे र श्रीमती लक्ष्मीकला घिमिरे होटलको दैनिक सञ्चालनदेखि ग्राहक सेवा र परिकारको तयारीसम्म सक्रिय रहन्छन्। उनीहरूकै मिहिनेतले होटलले परिवारको आत्मीयता र व्यवसायिक सेवाको सन्तुलन कायम राख्दै आएको छ। ‘यहाँ आउने पाहुनालाई घरको जस्तो अनुभूति होस् भन्ने हाम्रो उद्देश्य हो,’ विवेक घिमिरे भन्छन्।
होटलमा नेपाली, लाेकल खाना, कन्टिनेन्टल लगायतका विविध परिकार पाइनुका साथै पारिवारिक वातावरणमा सेवा दिने प्रयास गरिएको छ। स्थानीय स्वाद र पारिवारिक सेवा संयोजन गरिएको ‘कोप्रे भाईको ओपन सेकुवन कर्नर’ अहिले सौरहामा आउने नयाँ पर्यटकका लागि अनुभव गर्नैपर्ने गन्तव्य बन्न थालेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


