Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हाेटल जङ्गल जाेर्नीका सञ्चालक रमेश अधिकारी, साहित्य र रोजगारीमा उदाहरणीय योगदान


ग्लोबल पाना
आइतबार, चैत ३१ २०८१
  • 1,801
    SHARES

  • images
    हाेटल जङ्गल जाेर्नीका सञ्चालक रमेश अधिकारी, साहित्य र रोजगारीमा उदाहरणीय योगदान

    चितवन, सौराहा । सौराहास्थित "हाेटल जङ्गल जाेर्नी" का सञ्चालक रमेश कुमार अधिकारी न्यानो आतिथ्य, मिलनसार स्वभाव र बहुआयामिक व्यक्तित्वका कारण चर्चा र सम्मानका पात्र बन्दै आएका छन्। व्यवसायिक यात्रामा उनी बिहान–बेलुका श्रीमती सुनिता लामिछानेको साथ पाउँछन्, जो आफैं शिक्षण पेशामा संलग्न छिन्।

    images
    images
    images

    हाेटल व्यवसायसँगै अधिकारी कुखुरा पालनमा पनि सक्रिय छन्, जहाँ उनले ४ जनालाई रोजगारी दिँदै आएका छन्। ग्राहकप्रति गरिने मैत्रीपूर्ण व्यवहार र उच्चस्तरीय सेवा सुविधाले उनको हाेटल पर्यटकको रोजाइमा पर्न सफल भएको छ।

    सिर्फ व्यवसायमा मात्र नभई रमेश अधिकारी साहित्यिक क्षेत्रमै पनि गहिरो रुचि राख्ने व्यक्ति हुन्। साहित्यप्रेमी अधिकारीले आफ्नो सृजनात्मक यात्रालाई पुस्तकमार्फत सार्वजनिक समक्ष प्रस्तुत गरिसकेका छन्। उनकाे साहित्यिक कृति पाठकमाझ राम्रो चर्चा बटुल्न सफल भएको छ।

    व्यवसाय, साहित्य र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाइरहेका अधिकारीजस्ता व्यक्तित्वहरू समाजमा प्रेरणाका स्रोत हुन्। 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ