Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न


ग्लोबल पाना
सोमबार, वैशाख १ २०८२
  • 428
    SHARES

  • images
    साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    काठमाडौँ, चैत ३० । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम काठमाडौँको वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजको सभाहलमा सम्पन्न भएको छ।

    images
    images
    images

    कार्यक्रमको सभापतित्व गर्दै अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगेबासीबिच एकता, भाइचारा र सांस्कृतिक चेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले अभियानप्रति निरन्तर साथ र सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले भविष्यमा अभियानलाई अझ सशक्त ढङ्गले अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

    अभियानका महासचिव सरोज ओझाले कार्यक्रमको सञ्चालन गर्दै अभियानको मूल उद्देश्य साँगे क्षेत्रको धार्मिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको संरक्षण गर्दै समावेशी र दीर्घकालीन विकासमा योगदान पुर्‍याउनु रहेको बताउनुहुँदै इतिहास र स्मृतिको संरक्षण, सांस्कृतिक पुनर्जागरण, स्थानीय सहभागिता, तथा शैक्षिक, सांस्कृतिक र पर्यटन विकास अभियानका चार आधार स्तम्भ रहेको उल्लेख गर्नुभयो।

    कार्यक्रमका विशिष्ट अतिथिहरूमध्ये नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, वरिष्ठ अधिवक्ता तथा न्याय परिषद्का पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, काठमाडौँ विश्वविद्यालय कानुन संकायका डिन तथा पूर्व न्यायाधीश डा. ऋषिकेश वाग्ले, कृषि विज्ञ दीपेन्द्रकेशरी न्यौपाने र सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारीले सभालाई सम्बोधन गर्नुभएको थियो।

    त्यस्तै, अन्य अग्रज व्यक्तित्वहरू पशुपति न्यौपाने, जगत प्रकाश न्यौपाने, गोविन्द प्रसाद वाग्ले र प्रमोद न्यौपानेले पनि अतिथिको आसनबाट धारणा प्रस्तुत गर्नुहुँदै अभियानको सफलताको कामना गर्नुभएको थियो। पूर्व सचिव ओझाले साँगे क्षेत्र आजभोलि सडक, खानेपानी, बिजुली, इन्टरनेट लगायतका आधारभूत सेवामा पहुँच बनाइसकेको उल्लेख गर्दै यहाँको बसोबास गुणस्तरीय बन्दै गएको बताउनुभयो।

    त्यस्तै, न्याय परिषद्का पूर्व सदस्य न्यौपानेले साँगे खोला आसपासको क्षेत्र कृषियोग्य भूमिको रूपमा उपयुक्त रहेकाले योजनाबद्ध ढङ्गले अघि बढेमा साँगेलाई कृषि उत्पादनको केन्द्र बनाउने सम्भावना रहेको बताउनुभयो। त्यसैगरि डिन एवं पूर्व न्यायाधीश डा. वाग्ले र कृषि विज्ञ न्यौपानेले अभियानले सरोकारवालाहरूलाई समेट्दै सभ्यता संरक्षण र विकासमा खेलेको भूमिका साथै पुस्तक प्रकाशन कार्यमा भएको प्रगतिको प्रशंसा गर्नुभयो।

    यस्तै, ज्येष्ठ सदस्य भण्डारीले विगतको तुलनामा साँगे क्षेत्रको विकास उल्लेख्य रहेको बताउँदै नयाँ पुस्ताले पुराना पुस्ताले भोगेका कष्टहरूसँग जुध्न नपर्ने वातावरण निर्माण हुँदै गएको टिप्पणी गर्नुभयो। कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूले परिचयसहित नववर्ष २०८२ को शुभकामना आदान–प्रदान गर्नुका साथै आ–आफ्ना संक्षिप्त मन्तव्यहरू पनि व्यक्त गर्नुभएको थियो। 

    मन्तव्यका क्रममा उहाँहरुले यस्ता कार्यक्रमले सँगेलीहरूबिचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने र एकतामा बल प्रदान गर्ने धारणा राख्नुभयो।  कार्यक्रममा अभियानकी कार्यसमिति सदस्य बालवती शर्मा (बाला) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्युत् व्यवसायी महासंघका पूर्व महासचिव एवं अभियानका कार्य समिति सदस्य हरिराज वाग्लेले अभियानको पृष्ठभूमिबारे प्रकाश पार्नुभयो।

    अन्य कार्य समिति सदस्यहरू—पूर्व एसएसपी हरिराज वाग्ले, वरिष्ठ इञ्जिनियर ठाकुर प्रसाद पण्डित र गंगाधर भट्टराईले अतिथि सत्कार तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो। उक्त अवसरमा नेपाल डेरी एसोसिएसनको संयोजनमा बालाजु स्थित काभ्रे डेरीले मोही अभियान अन्तर्गत उपस्थित महानुभावहरूलाई मोही पान समेत गराएको थियो । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ