Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रह


ग्लोबल पाना
शुक्रबार, वैशाख ५ २०८२
  • 654
    SHARES

  • images
    एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रह

    काठमाडौं । कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छिन् । साना तथा मझौला व्यवसायीहरूको समस्याबारे जानकारी गराउन सचिव महराले अर्थ मन्त्रालयमै गएर मन्त्री पौडेलसँग भेटवार्ता गरेकी हुन् ।

    images
    images
    images

    मन्त्री पौडेलसँग भएको भेटमा उनले काठमाडौंका व्यापारी व्यवसायीहरूले भोगिरहेको विभिन्न समस्याहरूबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएकी छिन् । भेटमा सचिव महराले आगामी आर्थिक वर्षको बजेटमार्फत साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझावसमेत दिएकी छिन् ।

    वरिष्ठ सौन्दर्यविद् समेत रहेकी महराले बाहिरबाट हेर्दा नीतिगत भ्रष्टाचार मुलुकको जटिल समस्या भएको चर्चा गर्दै त्यसलाई न्यूनीकरण गरी निर्मुल पार्ने योजना बनाउन मन्त्री पौडेल र सरकारलाई सुझाव दिएकी छिन् । भेटका अवसरमा अर्थमन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीले सरकार व्यापारी, व्यवसायी र उद्योगीको पक्षमा रहेको पुष्टि गरिसकेको भन्दै प्राप्त सुझावहरूलाई अधिकतम कार्यान्वयनतर्फ लगिने विश्वास व्यक्त गरे ।

    व्यवसायीको मर्का बुझेरै सरकारले विभिन्न अध्यादेश जारी गरी सहजीकरण गरेको मन्त्री पौडेलको भनाइ थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ