Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विश्वभरका नेपाली सेफ काठमाडौंमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल हुँदै


ग्लोबल पाना
शनिबार, वैशाख ६ २०८२
  • 602
    SHARES

  • images
    विश्वभरका नेपाली सेफ काठमाडौंमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल हुँदै

    काठमाडौं । विश्वभरका नेपाली सेफहरू काठमाडौंमा भेलाभएका छन्। अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन्। नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुड फेस्टिभल गर्न लागिरहेको छ।

    images
    images
    images

    त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका संयोजक अरुण अधिकारीले जानकारी दिए। उनले कार्यक्रमलाई सेफहरूको कुम्भमेलाको रूपमा चित्रित गर्दै सोहीअनुसार विश्वभरबाट करिब ५०० हाराहारीका सेफहरू नेपाल आउने अपेक्षा गरिएको दाबी गरेका छन्। विश्वका विभिन्न विश्व चर्चितसहितका होटलहरुमा नेपाली सेफहरू कार्यरत रहेका छन्। आफ्नो पाककलाबाट आफूलाई अब्बल साबित भइसकेका उनीहरू यहाँ भेला भएर नेपालमा पाककलाको प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ।

    फेस्टिभल अघि बिहीबार अन्तर कलेज कुकिङ कम्पिटिसन समेत गरिएको थियो भने बैशाख ६ गतेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै कुकहरूले आफ्नो कला कौशल प्रदान गर्नुका साथै विश्वभरका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड समेत प्रदान गरिँदैछ। अधिकारीका अनुसार कार्यक्रमको उद्घाटन पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने तय भएको छ।

    अहिले सेफ सोसाइटी कार्यक्रमलाई सभ्य र भव्य बनाउन लागिपरेको भन्दै उनले त्यहाँ रहने विभिन्न परिकारका स्टलहरू अवलोकन गर्न सबैसँग अनुरोध गरेका छन्। अधिकारीका अनुसार सोसाइटीको ३८ देशमा शाखा रहेको छ भने जसमध्ये १६ वटा देशहरूमा कमिटी बनिसकेको र बाँकी देशहरूमा टिम विस्तारको काम भइरहेको छ। उनका अनुसार २०१८ मा सेफ सोसाइटी युएईबाट सुरु भएको थियो। नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार नेपालको कानुनअनुसार समेत सोसाइटी दर्तामा छ।

    अन्तर्राष्ट्रिय नाम राख्न नेपाली कानुनले नदिएकाले अहिले नेपाली सेफ सोसाइटीको नाममा संस्था दर्ता भएको बताए। अन्तर्राष्ट्रिय सेफ सोसाइटी या नेपाली सेफ सोसाइटी सबै एउटै अंग भएको उनले बताए। सोसाइटी पाककला क्षेत्रको विश्वव्यापी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएका संस्था हो। हाल सम्म यसमा ३५ हजार भन्दा बढी नेपाली सेफहरू स्वदेश तथा विदेशमा कार्यरत रहेको दाबी गरिएको छ। यस्तै संस्थामा ५ हजार भन्दा बढी सेफहरू संस्थागत सदस्य रहेका छन्।

    नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजित फुड फेस्टिभलबाट नेपाली सिस्नो र ढिँडोका साथै सबै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। यस्तै, नेपाली पर्यटन समेतको प्रवद्र्धन, नेपाली सेफहरूको सीप र क्षमताको प्रदर्शन, नेपाली कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। फेस्टिभलमा ५० वटा स्टल, ४० वटा खानाका ५ वटा रैथाने बालीनालीको प्रदर्शन, ५ वटा पर्यटन जानकारी रहनेछन्। खानाका स्टलमा विभिन्न जात जाति, जस्तो कि नेवारी, थारु, राई लिम्बु, थकाली, आदिको रहनेछ।

    यस्तै मोमो, चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिंडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूल, आदिको स्टल पनि रहनेछन्। उसो त सेफ पेसालाई सम्मानित र मर्यादित बनाउन तथा यसको वृहद प्रचारप्रसार गर्ने समेत आफूहरूको उद्देश्य रहेको भन्दै उनले पहिलो पटक हुन लागेको यो वृहद कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए। सोही कार्यक्रमबाट अन्तर्राष्ट्रिय सेफ सोसाइटीको नयाँ कार्यसमिति समेत चयन गरिने बताइएको छ ।

    हाल अधिकारी संयोजक रहेकामा पहिलो महाधिवेशनबाट नेतृत्वसहितको कार्यसमिति घोषणा गरिने बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ