Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘विवादमुक्त एनआरएनए’ निर्माणतर्फ डा. शेष घलेको पहल


ग्लोबल पाना
सोमबार, वैशाख ८ २०८२
  • 412
    SHARES

  • images
    ‘विवादमुक्त एनआरएनए’ निर्माणतर्फ डा. शेष घलेको पहल

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौंको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो ।

    images
    images
    images

    समितिका संयोजक डा. शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको संघलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताउनु भयाे । ‘विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदैछ’, उहाँले भन्नुभयो, ‘निष्पक्षताका लागि लड्नैपर्ने रहेछ । अब नयाँ ढंगले एनआरएनए बनाएर अगाडि बढ्ने छौँ ।’ एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटकपटक थप गरिएको घलले बताउनु भयो ।

    एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिनुभयो । ‘उच्चस्तरीय समितिलाई पठाइएको सङ्ख्या हेर्दा उक्त सङ्ख्या ४७ हजार बढी रहेको छ । उच्चस्तरीय समितिको वेवसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बन्नुभएको छ’, उहाँले भन्नुभयो, ‘एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म दुई हजार पाँच सयभन्दा बढीले निवेदन दिइसकेका छन् । आवेदनका लागि मंगलबारसम्म समय रहेको छ ।’ थापाले सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्वपूर्ण मोडमा आइपुगेको बताउनु भयो ।

    यस अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैरआवासीय नेपालीको हकहित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी काम सम्पन्न भएको थापाको बताउनु भयाे ।संघले कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर एकता महाधिवेशनलाई सफल बनाउन आह्वान गरिएको छ ।

    सदस्य सचिव थापाले भन्नुभयो, ‘ऐतिहासिक एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। हालसम्म १४ पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ । यसमा नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी हुनुहुन्थ्यो ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ