काठमाडौं, वैशाख ९ । काठमाडौं महानगरपालिका–२९, वडा कार्यालय अनामनगरको आयोजनामा ‘हाम्रो शहर सुन्य फोहर, भान्सा नै औषधालय’ नारासहित ७ दिने प्रयोगात्मक तालिम सुरु गरिएको छ।
‘माटो र आमा’को स्वास्थ्य सुधार अभियान अन्तर्गत संचालनमा आएको तालिमले शहरी घरायसी फोहर व्यवस्थापन तथा भान्सामा पाइने सामग्रीमार्फत प्राकृतिक उपचार विधिबारे व्यवहारिक ज्ञान दिने लक्ष्य राखिएको छ।यस तालिमकाे प्रस्तुती रोम लाल गिरीले गर्नु हुनेछ ।
कार्यक्रम आज (२०८२/०१/०९) बाट सुरु भई आगामी सात दिनसम्म अनामनगर २९ वडा कार्यालयको प्राङ्गणमा संचालन हुनेछ । तालिममा स्थानिय बासिन्दा, महिला समूह तथा सरोकारवालाहरूको सहभागीता रहनेछ ।
२९ वडाका वडा सचिव शम्भु बरालले तालिमले शहरी वातावरण संरक्षण र सामुदायिक स्वास्थ्य सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनु भयाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


