Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जय महांकाल युवा समूहले वैशाख ११ र १२ गते काठमाडौंमा ह्विलचियर बास्केटबल प्रतियोगिता गर्ने


मंगलबार, वैशाख ९ २०८२
  • 579
    SHARES

  • images
    जय महांकाल युवा समूहले वैशाख ११ र १२ गते काठमाडौंमा ह्विलचियर बास्केटबल प्रतियोगिता गर्ने

    काठमाडौँ । जय महांकाल युवा समूहले वि.सं.२०७२ सालको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा वैशाख ११ र १२ गते चौथो महांकाल कप २०८२ जय महांकाल महिला पुरुष ह्विलचियर बास्केटबल प्रतियोगिता काठमाडौँमा गर्ने भएको छ । जय महांकाल युवा समूहले आइतबार अर्थात् वैशाख ८ गते काठमाडौँको विशाल नगर स्थित विशाल मिलन केन्द्रमा पत्रकार सम्मेलन गरी वैशाख ११ र १२ गते चौथो महांकाल कप २०८२ जय मंहालकाल महिला / पुरुष ह्विलचियर बास्केटबल प्रतियोगिता गरिने जानकारी गराइएको हो ।

    images
    images
    images

    उक्त पत्रकार सम्मेलनमा जय महांकाल युवा समूहका अध्यक्ष लिलानाथ भण्डारीले नेपालमा वि.सं.२०७६ साल चैत १० गते कोरोनाका कारण लकडाउन भए पछि समाज चाहिन्छ, उनीहरूलाई बचाउनु पर्छ भनेर "भोकालाई भोजन, प्यासीलाई पानी, जसको कोही छैन त्यसका लागि जय महांकाल " भन्ने नारा सहित काठमाडौँका हरेक क्षेत्रमा रहेका दिनदुखीहरु, अनाथ, असक्त, गरिबहरूलाई निःशुल्क खान खुवाउने गरिएको र आज सम्म पनि उक्त कार्यलाई निरन्तरता दिँदै आएको बताउनु भयो ।

    यसै क्रममा उहाँले २०७२ साल वैशाख १२ गते भूकम्पले आफ्नो परिवार, छोरा छोरी तथा आफन्तहरू गुमाउन परेको र आफ्नै कर्मचारी रमेश खत्री पनि आफ्नै घरमा उक्त भूकम्पमा परेर दुवै खुट्टा गुमाएर शारीरिक अपाङ्गता हुनु भएको त्यो नराम्रो पलको स्मरण गर्दै उहाँले ह्विलचियर बास्केटबल खेलेको देखे पछि आफूलाई निकै प्रेरणा मिलेको कारण विगत ४ वर्ष देखि वैशाख १२ गते भूकम्पमा परेका व्यक्तिहरूको सम्झनामा ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।

    साथै उहाँले खेलकुदको माध्यमबाट देशलाई चिनाउन सकिने भएकोले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सँगै लिएर उनीहरूको पहिचान होस्, उनीहरूले देशलाई चिनाउन सकुन्, अपाङ्गता प्रति समाजमा भएको नकारात्मक दृष्टिकोणमा सकारात्मक सन्देश दिन सक्षम हुन, उनीहरू र समाजका अन्य व्यक्तिहरूलाई जिउन प्रेरणा मिलोस् भनेर वैशाख ११ र १२ गते चौथो महांकाल कप २०८२ जय मंहालकाल महिला / पुरुष ह्विलचियर बास्केटबल प्रतियोगिता गर्ने लागिएको बताउनु भयो ।

    उहाँले उक्त मितिमा आयोजना गरिने चौथो महांकाल कप २०८२ लाई सफल पार्नको लागि, अपाङ्गता भएका व्यक्तिहरूले पनि खेलकुदको माध्यमबाट योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सबै सन्चाकर्मी उपस्थित भएर आ-आफ्ना सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरिदिनु हुन आग्रह गर्नु भयो ।

    २०७२ सालको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा वैशाख ११ र १२ गते चौथो महांकाल कप २०८२ जय महांकाल महिला पुरुष ह्विलचियर बास्केटबल प्रतियोगिताको विषयमा आइतबार अर्थात् वैशाख ८ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा जय महांकाल युवा समूहका महासचिव मनिष विश्वकर्माले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, समावेशी समाज निर्माण गर्न सहज होस भन्ने उद्देश्यले चौथो महांकाल कप २०८२ जय महांकाल महिला पुरुष ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनु भयो ।

    साथै उहाँले भूकम्प, पहिरो जस्तो प्राकृतिक प्रकोपका विरुद्ध सचेतना कार्यक्रम, महाभूकम्प २०७२ को सम्झनामा शोक तथा श्रद्धाञ्जली कार्यक्रमको पनि आयोजना गरिने बताउनु भयो । महासचिव मनिष विश्वकर्माले उक्त पत्रकार सम्मेलनमा जय महांकाल महिला पुरुष ह्विलचियर बास्केटबल प्रतियोगितामा ४ वटा महिला समूह र ९ वटा पुरुष समूह गरी १३ वटा समूहमा प्रत्येक १ समूहबाट १५ जना खेलाडीहरू सहित १९५ जना खेलाडीहरूको सहभागिता हुने छन् ।

    जसमा महिला तर्फ WSA, SCINN, NIDWA र JWSC ४ समूह र पुरुष तर्फ विभागीय टिम नेपाल आर्मी क्लब र APF, आयोजक टिम जय महांकाल युवा क्लब, गण्डकी प्रदेशको टिम, काभ्रेको SIRC, WSA, SCINN, BIA, NIDA गरी ९ वटा सहित १३ समूहले भाग लिने छन् । महासचिव मनिष विश्वकर्माका अनुसार पुरुष खेलाडीहरूको समूहलाई २ भागमा विभाजन गरेर लिग अन्तर्गत खेलाइने छ भने यस ह्विलचियर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी दुवै च्याम्पियन तथा पहिलो हुन सफल समूहलाई नगर रु २५ हजार, दोस्रो स्थान प्राप्त गर्ने समूहलाई नगद रु १५ हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई रु १० हजार पुरस्कार, ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

    साथै महिला तथा पुरुष खेलाडीहरू मध्येबाट उत्कृष्ट २ जना खेलाडीहरूलाई नगद रु २ हजार र ट्रली, धेरै स्कोर गर्ने महिला पुरुष खेलाडीहरूलाई पनि नगद रु २ हजार प्रदान गरिने बताउनु भयो । सो पत्रकार सम्मेलनका क्रममा जय महांकाल युवा समूहका सल्लाहका सुरेश पार्धेले अधिकांश अपाङ्गता भएका व्यक्तिहरूद्वारा स्थापना गरिएका संघ संस्थाहरूले मात्रै अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गरेको अवस्थामा जय महांकाल युवा समूहले निःस्वार्थ रूपले, समाजमा भएका असक्त, असहाय नागरिकहरूको हितको लागि काम गरिरहेको र अपाङ्गता भएका व्यक्तिहरूलाई पनि खेलकुद लगायतका विभिन्न माध्यमबाट समावेश गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा यस संस्थाका कार्यहरूलाई अगाडी बढाउन सबैले साथ सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।

    त्यसै गरी निडवान समूहकी ह्विलचियर बास्केटबल खेलाडी अनु राईले जय महांकाल युवा समूहले २०७२ सालको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा वैशाख ११ र १२ गते आयोजना गर्ने चौथो महांकाल कप २०८२ जय महांकाल महिला पुरुष ह्विलचियर बास्केटबल प्रतियोगितामा यस पटक महिला खेलाडीहरूलाई पनि समावेश गर्नु भएकोमा खुसी व्यक्त गर्दै आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा नकारात्मक रूपमा हेरिरहँदा जय महांकाल युवा समूहले अपाङ्गता भएका व्यक्तिहरू प्रति जोस, जाँगर, ऊर्जा पैदा गराउँदै समाजमा जनचेतना जगाउने गरी प्रेरणा दिने खालको काम गर्नु भएको र यस सामाजिक कार्यले हामी अपाङ्गता भएका व्यक्तिहरूमा मनोबल बढेको बताउनु भयो । 

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ