Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल लाइफद्वारा एक दिवसीय Sales Transfortation session सम्पन्न


ग्लोबल पाना
मंगलबार, वैशाख ९ २०८२
  • 409
    SHARES

  • images
    नेपाल लाइफद्वारा एक दिवसीय Sales Transfortation session  सम्पन्न

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय Sales Transfortation session सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

    images
    images
    images

    यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखिनै धन्यवाद ज्ञापन र आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति गर्नका निम्ति सबैलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

    जीवन बीमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको बताउनुभयो । जीवन बीमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको बताउनुभयो । बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बीमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बीमाको चेतना अभिवृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोष, जाँगर, इमान्दारिता, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण रहेको बताउनुभयो ।

    विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको यस कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो । जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहँुचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्नु हुने कर्मचारीहरु, अभिकर्ताहरूलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गर्नुभयो ।

    कम्पनीले २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभयो । यस आ.ब. मा नेपाल लाइफले जीवन बीमा क्षेत्रमा इतिहास रच्ने र त्यो इतिहास रच्न अतुलनीय भूमिका निर्वाह गर्ने सञ्चालक समिति कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । बजार हिस्सालाई अग्रस्थानमा राख्दै जीवन बीमाको पहुँच लाई अभिवृद्धि गर्न दत्तचित्त भएर कार्यसम्पादन गर्न सबैलाई आग्रह गर्नुभयो ।

    कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति Digitalization को कार्य थालनी गरिसकेको बताउनुभयो । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताउनुभयो । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गर्नुभयो ।

    कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको legacy लाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताउनुभयो । समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हाल सम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

    जीवन बीमा क्षेत्रमा आगामी दिनमा विभिन्न प्रकारका रूपान्तरणहरु हुने र सोलाई अङ्गीकार गर्न आफ्नो सीप, क्षमता र ज्ञानलाई अभिवृद्धि गर्न निरन्तर दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकास सँगै जीवन बीमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसरहरू सिर्जना भएको र सोलाई मूर्तता प्रदान गर्न कम्पनी अग्रसर भई कार्यारम्भको थालनी गरि सकिएको बताउनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ