Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित


ग्लोबल पाना
बुधबार, वैशाख १० २०८२
  • 399
    SHARES

  • images
    नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित

    काठमाडौं । नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन भव्य, अनुशासित र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए। कुल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएका थिए।

    images
    images
    images

    उपाध्यक्ष पदमा गणेश थापा, चक्र विक्रम शाही, रमेश आघिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार रहेका छन्। सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन्।

    कार्यक्रमको अध्यक्षता समितिका तत्कालीन अध्यक्ष जितेन्द्र बिक्रम शाहीले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे सहभागी थिए। नेपाली कांग्रेसले निर्वाचन अधिकृतको जिम्मेवारी नवीन थपलियालाई दिएको थियो। प्रमुख अतिथि पाण्डेले विदेशमा रहेका नेपालीहरूको सीप, पूँजी र नेटवर्कको सदुपयोग गर्दै नेपालमा रोजगारी सिर्जना र समृद्धि ल्याउन सकिने बताउँदै, पर्यटन प्रवर्द्धनका लागि प्रवासी नेपालीहरूले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए।

    अधिवेशनलाई नमूना सभाका रूपमा चित्रण गर्दै उनले अनुशासन र समावेशिताको प्रशंसा गरेका थिए । निर्वाचन अधिकृत थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचनका लागि सबैलाई बधाई दिँदै, यसपटकको निर्वाचन धेरै सहभागीहरूको लागि पहिलो अनुभव भएको र लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा उनीहरूले नयाँ अनुभव लिएको बताए।

    बन्द सत्रमा विधान संशोधनसम्बन्धी छलफल हुनुका साथै नर्वेमा नेपाली राजदूतावास स्थापनाका लागि जनसम्पर्क समितिले पहल गर्नुपर्ने प्रस्ताव पारित गरिएको थियो। साथै, नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि महासमिति सदस्यमा पारस मणि मिश्र, जितेन्द्र बिक्रम शाही र कविन्द्र ढकाल चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा सुरेश कुमार यादव, जीवन बहादुर शाही, सुरेन्द्र के.सी. र आविष्कार बास्तोला चयन भएका छन्।

    अधिवेशनको समापन सत्रमा निवर्तमान सभापति जितेन्द्र बिक्रम शाहीले आफ्नो कार्यकालमा संस्थागत सुदृढीकरण, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई समेत त्यही मार्गमा अघि बढ्न सुझाव दिए। उनले निर्वाचन व्यवस्थापन टिम, स्वयंसेवक, मतदाता तथा सबै सहभागीलाई विशेष धन्यवाद ज्ञापन गरे। अधिवेशनको अवसरमा बास्केटबल, फुटबल जस्ता खेलकुद कार्यक्रमको आयोजना गर्ने र राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्ने योजना पनि अगाडि सारिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ