Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एकता महाधिवेशन सफल पार्न एनआरएन अभियन्ताहरुको आग्रह


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 452
    SHARES

  • images
    एकता महाधिवेशन सफल पार्न एनआरएन अभियन्ताहरुको आग्रह

    काठमाडौं । सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा काठमाडौँमा आयोजना गर्न लागिएको एकता महाधिवेशन सफल पार्न एनआरएन अभियन्ताहरुले आह्वान गरेका छन्। एकता महाधिवेशन मूल आयोजक समितिद्वारा मंगलबार भर्चुएल माध्यमद्वारा आयोजित बैठकमा उपस्थित पदाधिकारी तथा अभियन्ताहरुले आउँदो बैशाख २० देखि २२ गते (मे ३–५, २०२५) मा आयोजना हुन लागेको अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न गर्ने दृढता दोहोर्याए।

    images
    images
    images

    उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले सर्वोच्च अदालतको निर्देशन अनुरुप नेपाल सरकारसंग समन्वय गरी आफुहरुले काम गरिरहेको जनाए। उनले हालसम्मको कार्यसम्पादन विवरणको आधारमा चुनावलगायत सम्पूर्ण प्रक्रिया तोकिएको समयमा सम्पन्न हुने जानकारी दिए। उनले १,५०० देखि २ हजार डेलिगेटको सहभागिता भएमा त्यो ऐतिहासिक उपलब्धि हुने बताए । “साथीहरुलाई सानो सानो रकम भए पनि सहयोग गर्न अनुरोध छ। प्रतिबद्धता गरेको रकम ट्रान्सफर गरिदिनु होला। ड्यामेज गर्न खोज्ने तत्व छन् , तपाईंहरु चिन्ता गर्नु पर्दैन। हामी लागी रहेका छौं। तपाईंको उपस्थिति खेर जाने छैन,” अध्यक्ष घलेले भने। उनले महा धिवेशनमा एनआरएन नागरिकता, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा कोष लगायतका विषयमा विशेष छलफल गरिने पनि जनाए।

    उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले कडाइका साथ सदस्यता प्रमाणीकरण गरिएको र सबै प्रक्रिया पुरा गरे पछि मात्रै डेलिगेट दर्ता हुने जानकारी दिइन। उनले सर्वोच्चको परमादेश अनुसार आयोजना गर्न लागिएको महाधिवेशन प्रक्रिया रोकिने सम्भावना अत्यन्त न्यून रहेको बताइन्। उनले उत्साहका साथ महाधिवेशनमा सहभागी हुन काठमाडौँ आउन सबै डेलिगेटहरुलाई आग्रह गरिन्। उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले अधिवेशनमा सहभागी हुन विभिन्न देशबाट एनआरएनहरु आउने क्रम बढेको जनाइन्। “हिजो अमेरिकाबाट मात्र ९३ जना एउटै प्लेनमा आउनु भएको छ। क्रम बढ्दो छ,” उनले भनिन् । उनले विधान संशोधनका लागि सुझाव दिन सबै लाई आग्रह गरिन्।

    उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरु काठमाडौं आएर २४ घण्टा अधिवेशन तयारीमा खटिरहेको बताए। आर्थिक उपसमितिका संयोजक पनि रहेका आचार्यले महाधिवेशनको लागि अहिले सम्म झन्डै ५० लाख रुपियाँ सहयोग जुटी सकेको बताउंदै सबै एनआरएनहरुलाई सक्दो सहयोग गर्न अनुरोध गरे। “हिजो पनि सँगै बसेर काम गरेका हौं, आउनुहोस् । संसारभरका नेपालीहरु आइसकेपछि विरोध गरेर अर्थहुँदैन । हामी सत्यको पक्षमा लागि रहेका छौं । ढुक्क भएर नेपाल आउनुहोस्,” उनले भने।

    उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले काठमाडौँमा भेला भएर महाधिवेशन सफल पार्न र नयाँ कार्य समिति बनाउन आआफ्नो ठाउंबाट प्रयास गर्न सबैलाई आग्रह गरे । उनले अब समय थप्न नसकिने बताउंदै एनआरएनएलाई स्वतन्त्र छोडी दिनु पर्ने बताए। ‘अब अधिवेशन सार्न उपयुक्त नहुने’ एनआरएन अभियन्ता महेश श्रेष्ठले उच्चस्तरीय समितिले सबै तयारी पुरा गरिसकेको, प्रतिनिधिहरुले बिदा मिलाएर, महँगो टिकट काटेर नेपाल जाँदै गरेको अवस्था भएकाले अब अधिवेशन सार्न उपयुक्त नहुने बताए । उनले अधिवेशन पछि सारे पनि सदस्य बन्ने, प्रतिनिधि बन्ने र निर्वाचन प्रक्रियाको बारेमा बद्री केसी समूह संग सहमति हुने सम्भावना कम रहेको बताए । “त्यसले मे ३–५ मा महाधिवेशन सम्पन्न गरौँ। महाधिवेशनले आधिकारिक कमिटि निर्वाचित गर्छ, अनि वैधानिक बाटो पनि खुल्छ। त्यस पछि निर्वाचित कमिटिले अर्को पक्ष संग वार्ता गरेर सहमति को बिन्दु पहिल्याउन सक्छ,” श्रेष्ठले भने । संस्थामा सहमति र सहकार्यको लागि जुनसुकै भूमिका निर्वाह गर्न पनि आफु तयार रहेको उनले बताए ।

    एनआरएन अभियन्ता आर के शर्माले एकताको महाधिवेशनको विकल्प नभएको र पर सार्न अब सम्भव नभएको बताए । “सबै काठमाडौँ आउनोस् । आआफ्नो ठाउँबाट खबरदारी गर्नोस् । हात्ती र झोला जस्तो गर्नु हुदैन। अधिवेशन गर्नुमा नै सबैको जित हुन्छ। सकभर सर्वसम्मतिमा जाउँ। चुनाव भयो भने पनि पारदर्शी गर्नेछौ। उहाहरुलाई पनि लिएर आउछौ हामीले। अफिस बन्द गर्ने, छिर्न नदिने जस्तो काम हामीले गर्दैनौ। काठमाडौ आउन लागेका २,३ हजार एनआरएनलाई दुख नदिनोस्,” उनले भने। एनआरएन अभियन्ता डा केशव पौडेलले अब कन्फ्युजनको पछि नलागेर महाधिवेशन कसरी सफल पार्ने तर्फ लाग्नु पर्ने बताए। ” हामीबीच मनमुटाव हुन सक्छन्, तर मे को अधिवेशन नै समाधान हो। उच्च मनोबलका साथ अगाडी बढ्नोस् । अधिवेशन पछि एकताको लागि पहल गरिने छ, त्यो सफल हुनेछ। एनआरएनमा एकता, सहमति र सहकार्यमा लाग्न म अनुरोध गर्दछु,” उनले भन्ने । उनले यस्तो विषम परिस्थितिमा पनि महाधिवेशनको तयारी अगाडी बढाएकोमा उच्चस्तरीय समितिलाई धन्यवाद दिए ।

    कार्यक्रम संचालन गरिरहेका एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव गंगाधर गौतमले कानूनको सर्वोच्चताको सम्मान गर्दै तोकिएको मितिमै अधिवेशन गर्नुको विकल्प नरहेको बताए। उनले अनेक विभिन्न झमेला गरेर संस्थालाई कब्जा गरि राख्ने मानसिकता राख्नुको सट्टा उच्चस्तरीय समिति भित्रै बसेर निकास निकाल्न आग्रह गरे। उनले संसारभरि रहेका डेलिगेट्सहरुलाई काठमाडौँमै गएर ऐतिहासिक महाधिवेशनमा भाग लिन आग्रह पनि गरे।

    कार्यक्रममा एनआरएन अभियन्ताहरु दुर्गा आचार्य, नारायण आचार्य, सुनील साह, बुद्धि सुवेदी, कृष्ण गिरी, धरम केसी,गुणराज शर्मा, खगेन्द्र न्यौपाने, बी आर लामा, एनसीसी कोरियाका अध्यक्ष बिपिन गुरुङ, जनसम्पर्क समिति, द नेदरल्यान्ड्सका सभापति शालिक गौतम लगायतले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै समयमै महाधिवेशन सम्पन्न गर्नु पर्ने बताएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ