Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंकाे Mercure हाेटलमा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 315
    SHARES

  • images
    काठमाडौंकाे Mercure हाेटलमा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र जनवरीदेखि काठमाडौँको सुकेधारा हाइट्समा सेवा दिँदै आएको ५–स्टार होटल मर्क्योर काठमाडौं सुकेधारा हाइट्सबीच एससीटी–युपीआइ कार्डका ग्राहकहरूलाई होटेलमा १५% सम्मको छुट हुने सम्झौता भएको छ ।

    images
    images
    images

    सम्झौतापश्चात एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मर्क्योर काठमाडौंमा आफ्नो एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १०% छुट तथा रुमको महसुल दरमा १५% छुट पाउने कम्पनीले जनाएको छ ।

    रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युपिआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

    एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ