Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 506
    SHARES

  • images
    काठमाडौं जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    काठमाडौं । काठमाडौं जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो। सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपाने, काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझा र काठमाडौँ जेसीजकी उपाध्यक्ष दिया थापाले संयुक्त रूपमा नयाँ पात्रो विमोचन गर्नुभएको थियो।

    images
    images
    images

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष श्याम कुमार घिमिरेले पात्रो केवल मिति र तिथिको सूचक मात्र नभई संस्था, योजना, संकल्प र सामाजिक क्रियाशीलताको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो। उहाँले यो पात्रो सबैको साझा यात्राको प्रेरक दस्तावेज बन्ने अपेक्षा रहेको पनि बताउनुभयो। काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडाले जेसीजले युवा नेतृत्व विकासमा गर्दै आएको योगदान उल्लेखनीय रहेको बताउँदै पात्रो विमोचन केवल कागजी दस्तावेज नभई संगठनको उद्देश्य, संकल्प र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको धारणा व्यक्त गर्नुभयो।

    समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपानेले सामाजिक उत्तरदायित्वप्रति सचेत संगठनले प्रत्येक गतिविधिलाई उद्देश्यपूर्ण बनाउने बताउँदै, सो कार्यक्रमले समाजमा आशा, सहकार्य र समर्पणको सन्देश दिएको उल्लेख गर्नुभयो। काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशीले संगठनको निरन्तरता र स्थायित्वको प्रतीकको रूपमा पात्रो विमोचन कार्यक्रमको महत्व रहेको बताउनुभयो।

    त्यसैगरी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझाले कला, साहित्य र सञ्चारजस्तै पात्रो पनि समाजको समय यात्रा भएको उल्लेख गर्दै यसले वर्षभरिका गतिविधिहरूलाई प्रेरणा र प्रतिबद्धताको ढोका खोलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमकी सभापति तथा काठमाडौँ जेसीजकी उपाध्यक्ष दुर्गा थापाले धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रतिवद्धता र समर्पण भावले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।

    उक्त कार्यक्रममा एनसी एग्रि टेकका सञ्चालक दिपक प्रसाद न्यौपाने, ग्रीन भ्याली रिसोर्टका महाप्रबन्धक गणेश श्रेष्ठ, न्यूजलाइन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्ट, रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्देल, डेरी एशोसिएसन बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारी, फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल, काठमाडौँ जेसीजका पदाधिकारी,खाडादेवी जेसीजकी अध्यक्ष सरिता श्रेष्ठ इमाडोल जेसीजकी अध्यक्ष सिर्जना श्रेष्ठ तथा प्रतिनिधिहरू लगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ