काठमाडौं, टेकु । राजधानीको व्यस्त क्षेत्र टेकुमा रहेको ‘संजय एण्ड चन्दु मोटरसाइकल वर्कशप’ ११ वर्ष देखि ग्राहकको मन जित्न सफल भएको छ । मोटरसाइकल मर्मत तथा सर्भिसिङका लागि चिनिएको यो वर्कशप दुई जना साथी संजय कुमार र चन्दु मिलेर सुरु गरिएको हो । स्थापनाको सुरुवातदेखि नै गुणस्तरीय सेवा र समयमै मर्मत गर्ने प्रतिबद्धताले वर्कशपले ग्राहकको मन जित्न सफल भएको छ।
विभिन्न ब्राण्डका मोटरसाइकलको मर्मत, सर्भिसिङ, पाट्र्स सप्लाई लगायतका सेवा प्रदान गर्दै आएको यस वर्कशप टेकु क्षेत्रमा ग्राहकहरूबीच निकै लोकप्रिय बनिसकेको छ। “हामीले सुरुमा सानो सपना देखेका थियौं। आज ११ वर्षपछि पनि त्यही जोश र इमान्दारिताका साथ ग्राहकलाई सेवा दिइरहेका छौं,“ वर्कशपका सन्चालक संजय कुमारले बताए।
प्रविधिमा आएको नयाँ परिवर्तनअनुसार सेवा अद्यावधिक गर्दै लिएको वर्कशपले आगामी दिनमा अझ विस्तार गर्ने योजना रहेको वर्कशपका अर्का सन्चालक चन्दु बताउछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


