Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आमालाई सम्मान गर्दै आज देशभर आमाको मुख हेर्ने पर्व मनाइँदै


ग्लोबल पाना
आइतबार, वैशाख १४ २०८२
  • 515
    SHARES

  • images
    आमालाई सम्मान गर्दै आज देशभर आमाको मुख हेर्ने पर्व मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै छ । आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व देशैभर मनाइँदै छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा रहेको छ।

    images
    images
    images

    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् काम सम्झने गर्दछन् । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ ।

    बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थहरुमा समेत उल्लेख छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज भव्य मेला लागिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ